बुधबार, मंसिर १२, २०८१
04:40
|
१०:२५
बङ्गलादेशमा मोबाइल फोन प्रयोगकर्ता झण्डै १७ करोड
रासस/सिन्ह्वा
नोभेम्बर ३०, २०२०
ढाका, १६ मङ्सिर–बङ्गलादेशमा मोबाइल फोन प्रयोगकर्ता अक्टोबर अन्त्यसम्म १६ करोड ८० लाख पुगेको यहाँको दूरसञ्चार नियमनकारी संस्थाले सोमबार सार्वजनिक एक तथ्याङ्कमा उल्लेख गरिएको छ । मुस्लिम बहुल यस मुलुकमा सन् २०२० को १० महिनामा मात्र २५ लाख मोबाइल प्रयोगकर्ता थप भएका बङ्गलादेश दूरसञ्चार नियामक आयोग (बीटीआरसी) ले उल्लेख गरेको छ ।
बीटीआरसीका अनुसार बङ्गलादेशमा अक्टोबरसम्म कूल १६ करोड ८० लाख ६९ हजार मोबाइल प्रयोगकर्ता रहेका छन् । यहाँ चार मोबाइल फोन कम्पनी रहेका छन् भने तीमध्ये तीन कम्पनीले विदेशी लगानीमा सेवा प्रवाह गर्दै आएका छन् ।
अक्टोबर अन्त्यसम्ममा ग्रामीफोन, रोबी एक्साइटा, बङ्गलालिङ्क र राज्यको स्वामित्व रहेको टेलिटकका क्रमशः सात करोड ८१ लाख २१ हजार, पाँच करोड चार लाख १३ हजार, तीन करोड ४९ लाख १७ हजार र ४६ लाख १८ हजार मोबाइल फोन प्रयोगकर्ता रहेको बीटीआरसीका् तथ्याङ्कमा उल्लेख छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ