सोमबार, मंसिर १०, २०८१
20:18
|
०२:०३
अर्जेन्टिनी फुटबल स्टार म्याराडोनाको हृदयघातबाट निधन
नेपाली लिङ्क
नोभेम्बर २५, २०२०
लण्डन । विश्व फुटबलकै एक लेजेण्डरी खेलाडी डिएगो म्याराडोनाको निधन भएको छ ।
६० वर्षीय अर्जेन्टिनी फुटबल स्टारको ‘कार्डियक एरेस्ट’ बाट निधन भएको बेलायती अखबार डेली मेलले जनाएको छ ।
नोभेम्बर शुरुतिर दिमागमा रगत जमेर बिरामी परेका उनलाई अपरेसन गरेर अस्पतालबाट घर फर्किएको २ सातापछि ह्दयाघात भएको बताइएको छ ।
पछिल्लो समय उनलाई अल्कोहलको लत छुटाउन उपचार नै आवश्यक परेको डाक्टरहरुले बताएका थिए ।
विश्व फुटबल इतिहासकै सर्वाधिक सफल र लोकप्रियमध्येका एक म्याराडोनाले सन् १९८६ मा अर्जेन्टिनालाई विश्वकप जिताएका थिए । उनले अर्जेन्टिनाबाट ४ पटक विश्वकप खेलेका थिए ।
क्लब करियरमा म्याराडोनाले लामो समय बार्सिलोना र नेपोलीका लागि खेलेका थिए ।
सन् १९९७ मा खेल जीवनबाट सन्यास लिएपछि पनि उनी प्रशिक्षकको रुपमा सक्रिय रहंदै आएका थिए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५