मंगलबार, वैशाख ९, २०८२
भारतमा संक्रमितको संख्या ९० लाख नाघ्यो


रासस-पिटिआई
नोभेम्बर २०, २०२०
नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट संक्रमित भएकाहरुको संख्या ९० लाख नाघेको छ ।
शुक्रबार मात्रै ४५ हजार ८८२ जना नयाँ संक्रमित थपिएका हुन् । कुल संक्रमणमुक्त भएकाहरुको संख्या भने ८४ लाख भन्दा बढी रहेको छ ।
भारतमा संक्रमणमुक्त भएकाहरुको दर ९३.६ प्रतिशत रहेको केन्द्रीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार अहिलेसम्म कुल ९० लाख चार हजार ३६५ जना संक्रमित भएका हुन् भने कुल एक लाख ३२ हजार १६२ जनाको मृत्यु भएको छ । ती मध्ये ५८४ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।
भारतमा अहिले पनि संक्रमितम अवस्थामै रहेकाहरुको संख्या चार लाख ४३ हजार ७९४ रहेको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस

बेलायतको पृथक नेपाली संस्था जसको प्राथमिकता छ पुस्तान्तरण, च्यारिटी र वेलबिइङ (भिडियो)
मार्च १५, २०२५
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५