बुधबार, मंसिर १२, २०८१
22:10
|
०३:५५
मेक्सिकोमा कोभिड सङ्क्रमित १० लाख बढी
रासस-एएफपी
नोभेम्बर १५, २०२०
मेक्सिको सिटी, ३० कात्तिक– मेक्सिकोमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या शनिबार १० लाखभन्दा बढी पुगेको मेक्सिको सरकारले जनाएको छ ।
विगत २४ घण्टामा मेक्सिकोमा कूल पाँच हजार ८६० व्यक्तिमा थप सङ्क्रमण पुष्टि भएको र यो संगै अहिलेसम्म १० लाख तीन हजार २५३ व्यक्ति सङ्क्रमित भएका स्वास्थ्य मन्त्रालयका रिकार्डो कोर्टसले जनाए ।
मेक्सिकोमा आइतबारसम्म ९८ हजार २५९ व्यक्तिको मृत्यु भएको छ । विगत २४ घण्टामा मेक्सिकोमा ६३५ कोभिड–१९ सङ्क्रमितको मृत्यु भएको थियो ।
मेक्सिको अमेरिका, भारत, ब्राजिलपछि कोभिड–१९ का कारण बढी मृत्युदर रहेको मुलुक हो । मेक्सिको सङ्क्रमणका हिसाबले ११ औँ बढी प्रभावित मुलुक हो ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ