आइतबार, मंसिर ९, २०८१
20:41
|
०२:२६
राजेश र करिश्मा ‘यादका लहरहरु’ मा
दोबाटोमा छाडीगयौ , गोरेटोमा एक्लो भएँ
नेपाली लिङ्क
नोभेम्बर १४, २०२०
लन्डन । नेपाली सांगीतिक क्षेत्रमा श्रव्य र दृश्यको एउटा नौलो समिश्रण भएको छ । पुराना नायक नायिकाको दृश्य र लोकप्रिय गायिकाको स्वर समिश्रणमा ‘यादका लहरहरु’ गीतको म्यूजिक भिडियो भर्खरै रिलिज भएको छ ।
डा. प्रकाश पौडेलको शब्द रहेको यस गीतमा गायिका अन्जु पन्तले आवाज दिएकी छन् । ‘आंखाहरु यिनै थिए आंशुहरु फेरिरहें, दोबाटोमा छाडी गयौ गोरेटोमा एक्लो भएँ’ गीतका शब्दहरु निकै मार्मिक छन् ।
राज सागरको संगीत रहेको यस गीतमा संगीत संयोजन गोपाल रसायलीको छ । म्यूजिक भिडियोमा नेपाली चालचित्र क्षेत्रका निकै लोकप्रिय नायक राजेश हमाल र नायिका करिश्मा मानन्धरको अभिनय छ ।
उत्तम हुमागाईंको छायांकन तथा प्रविन श्रेष्ठ (मोक्ष) को सम्पादन रहेको यस म्यूजिक भिडियोमा हारी हुमागाईंको निर्देशन छ ।
म्यूजिक भिडियो हेर्नुहोस्-
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५