बुधबार, वैशाख १०, २०८२
थप तीन हजारमा कोरोना संक्रमण


रासस
नोभेम्बर ३, २०२०
काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकभर थप तीन हजार ११४ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । विभिन्न स्वास्थ्य प्रयोगशालामा आज ११ हजार १६६ पिसिआर परिक्षण गरिएकामा एक हजार ८६७ पुरुष तथा एक हजार २४७ महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा तीन हजार १४२ जना कोरोना संक्रमणमुक्त भएको र कोरोनाका कारण २० जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार गत २४ घण्टामा काठमाडौँ उपत्यकामा एक हजार ६८ कोरोना संक्रमित थपिएका छन् ।
कोरोना संक्रमितमध्ये हाल ३० हजार ६९४ होम आइसोलेशनमा रहेका र ३७२ जनाको आइसियु तथा ६८ जनाको भेन्लिेटरमा उपचार भइरहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस

बेलायतको पृथक नेपाली संस्था जसको प्राथमिकता छ पुस्तान्तरण, च्यारिटी र वेलबिइङ (भिडियो)
मार्च १५, २०२५
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५