शनिबार, पुष ६, २०८१
11:36
|
१७:२१
एनआरएनए यूके अध्यक्ष पुनमलाई कोरोना संक्रमण
स्वास्थ्य अवस्था सामान्य
नेपाली लिङ्क
अक्टोबर २८, २०२०
लन्डन । एनआरएनए यूके अध्यक्ष पुनम गुरुङलाई कोरोना संक्रमण भएको छ । केही दिनअघि गराएको कोरोना परीक्षणमा आफ्नो रिपोर्ट पोजिटिभ आएको जानकारी उनले बुधबार सामाजिक सन्जालमार्फत गराएकी छन् ।
कोरोना संक्रमण भएपनि आफ्नो स्वास्थ्य अवस्था सामान्य नै रहेको तथा कुनै पनि जटिलता नरहेको उनले बताएकी छन् ।
साथै, अहिले सबै सतर्कता र सावधानी अपनाएर घरमै ‘आइसोलेसन’ मा बसेको उनले जनाएकी छन् ।
हालैका दिनमा आफ्नो प्रत्यक्ष सम्पर्कमा आउने सबैलाई आवश्यक सतर्कता अपनाउन र कुनै लक्षण देखिएमा तुरुन्त परीक्षण गराउन समेत अध्यक्ष गुरुङले आग्रह गरेकी छन् ।
एनआरएनए कार्यसमिति बैठक स्थगित
यसैबीच, बुधबार साँझलाई तय एनआरएनए यूके कार्यसमिति बैठक स्थगित भएको छ ।
कोरोना संक्रमणपछि अध्यक्ष पुनम गुरुङले आराम गर्नुपर्ने भएकाले बैठक स्थगित गरिएको महासचिव फडिन्द्र भट्टराईले बताए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ