मंगलबार, वैशाख ९, २०८२
विश्वप्रसिद्ध मोबाइल सामसुङका अध्यक्ष ली कुन–हीको निधन


रासस–एएनआई
अक्टोबर २५, २०२०
सोल, ९ कात्तिक-– विश्वप्रसिद्ध मोबाइल डिभाइस निर्माता सामसुङ इलेक्ट्रोनिक्स कम्पनीका अध्यक्ष ली कुन–हीको शनिबार निधन भएको छ । उनी ७८ वर्षका थिए ।
कम्पनीले जारी गरेको विज्ञप्तिमा लीको निधन आफ्नै निवासमा भएको उल्लेख छ । सामसुङद्वारा जारी विज्ञप्तिमा स्थानीय सानो व्यवसाय विस्तार गर्दै विश्वमै अग्रणी औद्योगिक कम्पनी बनाउन दूरद्रष्टा लीको योगदान अतुलनीय रहेको जनाइएको छ ।
लीका श्रीमती, दुई छोरी र एक छोरा छन् । स्वर्गीय लीलाई सन् २०१४ मा हृदयाघात भएको थियो ।
सामसुङ कम्पनीको वार्षिक कारोबार दक्षिण कोरियाको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) को पाँच भागको एक भाग बराबर रहेको मानिन्छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस

बेलायतको पृथक नेपाली संस्था जसको प्राथमिकता छ पुस्तान्तरण, च्यारिटी र वेलबिइङ (भिडियो)
मार्च १५, २०२५
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५