राष्ट्रपति ट्रम्प चार दिनको उपचारपछि ‘डिस्चार्ज’


वासिङ्टन । कोरोनाभाइरसबाट संक्रमित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पतालबाट डिस्चार्ज भएर निवास फर्किएका छन् ।
उनलाई कोरोनाभाइरस संक्रमण भएको पुष्टि गत शुक्रबार गरिएको थियो । त्यसपछि लगत्तै उनी सैनिक अस्पतालमा भर्ना भएका थिए ।
राष्ट्रपति ट्रम्प अस्पतालबाट निवास फर्किएपनि उनको उपचार भने निवासबाटै जारी रहने अधिकारीहरूले जनाएका छन् ।
आफ्नो स्वास्थ्य अवस्थामा धेरै सुधार आएको ७४ वर्षीय ट्रम्पले बताएका छन् । चाँडै नै आफू सार्वजनिक रुपमा निर्वाचनको काममा लाग्ने पनि जानकारी दिए ।
अमेरिकामा आगामी नोभेम्बर २९ तारिखमा राष्ट्रपतिय निर्वाचन हुन लागेको छ भने ट्रम्प पनि प्रतिस्पर्धामा छन् ।
ट्रम्पको स्वास्थ्यमा सुधार भइरहेको तर पूर्ण रूपमा ठीक भने नभइसकेको उनको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । उनीहरुका अनुसार ट्रम्पको अवस्था निवासमा फर्कन मिल्ने खालको रहेको छ तर निवासमा रहँदा पनि उनलाई २४ नै घन्टा उत्कृष्ट चिकित्सकहरूको निगरानीमा रहने व्यवस्था गरिएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस

बेलायतको पृथक नेपाली संस्था जसको प्राथमिकता छ पुस्तान्तरण, च्यारिटी र वेलबिइङ (भिडियो)
- १
- २
- ३
- ४
- ५