गोर्खाहरुको च्यारिटी फिल्म शोबाट हस्पिसलाई सहयोग
गोर्खाहरुले गरेको मेहनतको प्रशंसा


लन्डन । बेलायतको क्याटरिकस्थित ‘इन्फेन्ट्री ट्रेनिङ सेन्टर’ का गोर्खा सैनिकहरुले च्यारिटी शोमार्फत एक स्थानीय ‘हस्पिस’ लाई सहयोग जुटाएका छन् ।
लकडाउनका समय च्यारिटी फिल्म शो आयोजना गरी ८ सय ५० पाउन्ड सहयोग जुटाइएको हो ।
संकलित रकम डार्लिङ्टनस्थित ‘सेन्ट टेरेसाज हस्पिस’ लाई हस्तान्तरण गरिएको छ । उक्त हस्पिसले साउथ डर्हाम तथा योर्कशायर क्षेत्रमा जीवनको अन्तिम चरणमा रहेका मानिसहरुलाई ‘एन्ड अफ लाइफ केयर’ प्रदान गर्दै आएको छ ।
च्यारिटी फिल्म शोको संयोजन कर्पोरलद्वय अनिल राई र सन्तोष श्रेष्ठले गरेका हुन् ।
सहयोग रकम हस्तान्तरणपछि हस्पिसका ट्रस्टी प्रमुख डा ह्यारी बायर्नले गोर्खा सौनिकहरुको सहयोगप्रति आभार प्रकट गरे ।
च्यारिटी शोका लागि गोर्खाहरुले गरेको मेहनतको प्रशंसा गर्दै उनले समुदायबाट प्राप्त हुने यस्तै सहयोगबाट अफ्टेरो समयमा पनि आफूहरुको मनोबल उच्च रहने बताए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५