सोमबार, मंसिर १०, २०८१
23:41
|
०५:२६
कर्मचारीमा संक्रमणपछि वैदेशिक रोजगार कार्यालयको सेवा बन्द
रासस
सेप्टेम्बर ३०, २०२०
काठमाडौं । कर्मचारीमा कोरोना भाइरस संक्रमण देखिएपछि वैदेशिक रोजगार कार्यालय ताहचल काठमाडौंको सेवा बन्द गरिएको छ ।
कार्यालयमा कार्यरत एक कर्मचारीलाई कोरोना देखिएपछि अर्को सूचना नभएसम्मका लागि सेवा बन्द गरिएको कार्यालयले जनाएको छ ।
मंगलबारदेखि श्रम स्वीकृति प्रदान गर्ने कार्य रोकिएको एक सूचना जारी गर्दै कार्यालयले जनाएको छ ।
सरकारले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर वैदेशिक रोजगार खुला गरेसँगै पछिल्ला केही दिनयता कार्यालयमा श्रम स्वीकृति लिनेको संख्या बढ्दै गएको थियो ।
कार्यालयले यही असोज १ देखि १३ गतेसम्म दुई हजार ९२७ पुरुष र १८९ महिला गरी तीन हजार ११६ जनालाई श्रम स्वीकृति प्रदान गरेको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५