मंगलबार, फागुन १३, २०८१
बेलायतमा थप ५ हजार ६ सय ९३ संक्रमित, १७ को मृत्यु


नेपाली लिङ्क
सेप्टेम्बर २७, २०२०
लन्डन । बेलायतमा पछिल्लो २४ घन्टामा थप ५ हजार ६ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जानकारी दिएको छ । योसंगै बेलायतमा संक्रमितको संख्या ४ लाख ३४ हजार ९ सय ६९ पुगेको छ ।
यसैगरी गएको २४ घन्टामा थप १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आइतबार ५ बजेसम्म सार्वजनिक तथ्याँक अनुसार बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४१ हजार ९ सय ८८ पुगेको छ ।
गत शुक्रबार करिब ६ महिना यताकै सबैभन्दा बढी कोरोना संक्रमित पुष्टि भएको थियो । शुक्रबारको तथ्याँक अनुसार ६ हजार ८ सय ७४ संक्रमित भएका थिए ।
हिजो शनिबार संक्रमित संख्या ६ हजार ४२ थियो भने ३४ जनाको मृत्यु भएको थियो । कोरोना संक्रमणका कारण विश्वभर १० लाख भन्दा बढीको मृत्यु भैसकेको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५