मंगलबार, मंसिर ११, २०८१
11:21 | १७:०६

भारतमा नौ लाख ६० हजार अझै सङ्क्रमित

रासस-एएनआइ सेप्टेम्बर २६, २०२०
नयांदिल्ली–भारतमा कोरोना भाइरसबाट कूल सङ्क्रमितमध्ये नौ लाखभन्दा बढी अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् । सरकारी अधिकारीहरुले शनिबार दिएको जानकारीअनुसार कूल नौ लाख ६० हजार ९६९ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेका हुन् । भारतमा पछिल्लो २४ घण्टामा ८५ हजार ३६२ जना कोरोना भाइरसबाट सङ्क्रमित भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । योसँगै भारतमा अहिलेसम्म कूल ५९ लाखभन्दा बढी सङ्क्रमित भएका छन् ।
भारतमा कोरोनाकै कारणले अहिलेसम्म मृत्यु भएकाहरुको सङ्ख्या ९३ हजार ३७९ पुगेको छ । तीमध्ये एक हजार ८९ सङ्क्रमितको पछिल्लो २४ घण्टामा मात्रै मृत्यु भएको हो ।
कोरोना भाइरबाट सङ्क्रमित भएर पनि अहिले सङ्क्रमणमुक्त भइसकेकाहरुको सङ्ख्या भारतमा ४८ लाख ४९ हजार ५८५ छ । प्रदेशअनुसार हेर्दा भारतमा सबैभन्दा बढी महाराष्ट्र प्रदेश प्रभावित भएको छ भने त्यसपछि क्रमशः कर्नाटक, अन्द्र प्रदेश, उत्तर प्रदेश र तमिल नाडु अग्रस्थानमा रहेका छन् ।
भारतको मेडिकल रिसर्च काउन्सिलका अनुसार भारतमा अहिलेसम्म सात करोड दुई लाख ६९ हजार ९७५ जनाको कोरोना परीक्षण गरिएको छ ।
प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू