बेलायतमा एकै दिन ६ हजार बढी संक्रमित
पछिल्लो २४ घन्टामा ३७ को मृत्यु


लन्डन । बेलायतमा कोरोना संक्रमण दर निरन्तर उकालो लाग्ने क्रममा छ । पछिल्लो २४ घन्टामा थप ६ हजार १ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जनाएको छ ।
यो संख्या पछिल्ला दिनको तुलनामा सबैभन्दा बढी हो । सरकारले संक्रमण नियन्त्रणका लागि विभिन्न कदम चाल्दै गर्दा संक्रमित संख्या उच्च दरमा वृद्धि भएको हो । हिजो मंगलबार २४ घण्टाभित्र ४ हजार ९ सय २६ जनामा संक्रमण पुष्टि भएको थियो ।
हिजो सार्वजनिक तथ्याँकको आधारमा पछिल्लो २४ घण्टामा थप एक चौथाई अर्थात एक हजार दुई सय ५२ नयाँ संक्रमित थपिएका हुन् ।
हालसम्म बेलायतमा ४ लाख ९ हजार ७ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी गएको २४ घन्टामा ३७ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
बेलायतमा कोरोना संक्रमणका कारण अहिलेसम्म ४१ हजार ८ सय ६२ जनाको मृत्यु भैसकेको छ । संक्रमण नियन्त्रण गर्न सरकारले विभिन्न प्रतिवन्ध घोषणा गरेको छ । ईङ्ल्यान्डमा ६ जना भन्दा बढीको सामाजिक जमघटमा गत हप्तादेखि नै प्रतिबन्ध लगाइएको छ । प्रधानमन्त्री बोरिस जोन्सनले मंगलबार टेलिभिजन सम्बोधनमार्फत विहीबारदेखि नयाँ नियम घोषणा गरेका छन् ।
नयाँ नियम अनुसार इङ्ल्यान्डका पब, रेष्टुरेन्ट लगायत हस्पिटालिटी सेक्टरका सबै व्यवसाय राती १० बजे बन्द गरिसक्नुपर्नेछ । खुला रहेको समय पनि ‘टेबल सर्भिस’ मात्रै दिन पाइनेछ । ‘फेस मास्क’ नलगाउनेलाई २०० पाउण्डसम्म जरिवाना तिराइने छ ।
बेलायतमा कोरोना संक्रमणको दर तीव्र रुपमा बढेर ‘अलर्ट’ लेभल ४ पुग्दै गर्दा सरकार थप सतर्कताको प्रयासमा जुटेको छ ।
यसअघि सरकारका विज्ञ सल्लाहकारहरुले समयमै सही कदम चाल्न नसके अक्टोबर दोस्रो सातासम्म नयाँ संक्रमणको केसहरु दैनिक ५० हजार पुग्न सक्ने चेतावनी दिइसकेका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५