मंगलबार, मंसिर ११, २०८१
08:48 | १४:३३

भारतमा एकैदिन ९२ हजार ६०५ सङ्क्रमित

रासस-एएनआई सेप्टेम्बर २०, २०२०


नयाँदिल्ली ४ असोज– भारतमा कोरोनाभाइरसबाट एक दिनमा ९२ हजार ६०५ पुगेको छ । योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको कुल सङ्ख्या ५४ लाखभन्दा बढी पुगेको छ ।

केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा पछिल्लो २४ घण्टामा मात्रै कोरोनाकै कारणले एक हजार १३३ जनाको मृत्यु भएको जनाएको छ । भारतमा कुल सङ्क्रमित मध्ये अहिले पनि दश लाख १० हजार ८२४ जना सङ्क्रमित अवस्थामै रहेका छन् । भारतमा सङ्क्रमित मध्ये ४३ लाख ३ हजार ४४ जना भने सङ्क्रमणमुक्त भइसकेका छन् । मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म कुल ५४ लाख ६२० जना सङ्क्रमित भएका हुन् ।

प्रदेश अनुसार हेर्दा सवैभन्दा धेरै महाराष्ट्र प्रदेशमा सङ्क्रमित भएका छन् । महाराष्ट्रमा अहिले पनि तीन लाख एक हजार २७३ जना सङ्क्रमित अवस्थामै रहेका छन् भने कर्नाटकमा एक लाख एक हजार १४८ जना सक्रिय सङ्क्रमितहरु छन् ।

त्यसैगरी आन्ध्र प्रदेशमा ८८ हजार १९७ जना, उत्तर प्रदेशमा ६८ हजार २३५ र दिल्लीमा ३१ हजार ७२१ जना सङ्क्रमितहरु अहिलेपनि उपचारकै क्रममा रहेको अधिकारीहरुले जनाएका छन् ।

भारतीय मेडिकल रिसर्ज काउन्सीलका अनुसार भारतमा अहिलेसम्म छ करोड १५ लाख ७२ हजार ३४३ जनाको कोरोना परीक्षण गरिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू