मंगलबार, मंसिर ११, २०८१
07:45
|
१३:३०
कोरोना अपडेट: विश्वमा नौ लाख ४५ हजार बढीको मृत्यु
रासस-एएफपी
सेप्टेम्बर १७, २०२०
जेनेभा, स्वीट्जरल्याण्ड–१ असोज- विश्वभरी कोरोना भाइरस सङ्क्रमणबाट नौ लाख ४५ हजार ८६८ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जानकारी दिएको छ ।
सो संगठनका अनुसार विश्वमा तीन करोड ७७ हजार ९०६ जना कोरोना भाइरस सङ्क्रमित भएका छन् । यद्यपी विश्वमा कोरोना भाइरस सङ्क्रमित दुई करोड १८ लाख २९ हजार २९ व्यक्ति कोरोना मुक्त भएका छन् ।
हाल विश्वमा ७३ लाख ३ हजार ९ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरुको उपचार भइरहेको पनि सो संगठनले जानकारी दिएको छ । सङ्क्रमितहरु मध्ये ६१ हजार २८२ जनाको अवस्था गम्भीर रहेको जनाएको छ ।
चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण संयुक्त राज्य अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।
कोरोना भाइरसबाट अन्त्यत प्रभावित दश ओटा देशहरुको डब्लुएचओद्वारा प्रकाशित तथ्याङ्क अनुसार अमेरिकामा ६८ लाख २९ हजार ६६४ जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यहाँ ४१ लाख २० हजार १३३ जना कोरोना भाइरस मुक्त भएका छन् भने २ लाख १ हजार ४०३ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।
भारतमा ५१ लाख २२ हजार ८४६ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ ४० लाख २५ हजार ७९ कोरोना भाइरस मुक्त भएका छन् भने ८३ हजार २५७ जनाको मृत्यु भएको छ ।
ब्राजिलमा ४४ लाख २१ हजार ६८६ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ ३७ लाख २० हजार ३१२ कोरोना भाइरस मुक्त भएका छन् भने १ लाख ३४ हजार १७४ जनाको मृत्यु भएको छ । रुस १० लाख ८५ हजार २८१ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन । यहाँ ८ लाख ९५ हजार ८६८ कोरोना भाइरस मुक्त भएका छन् भने १९ हजार ६१ जनाको मृत्यु भएको छ ।
पेरुमा ७ लाख ४४ हजार ४०० जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ५ लाख ८७ हजार ७१७ जना कोरोना भाइरस मुक्त भएका छन् भने ३१ हजार ५१ जनाको मृत्यु भएको छ ।
कोलम्बिया ७ लाख ३६ हजार ३७७ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ६ लाख १० हजार ७८ कोरोना भाइरस मुक्त भएका छन् भने २३ हजार ४७८ जनाको मृत्यु भएको छ । मेक्सिकोमा ६ लाख ८० हजार ९३१ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ४ लाख ८५ हजार २४ कोरोना भाइरस मुक्त भएका छन् भने ७१ हजार ९७८ जनाको मृत्यु भएको छ ।
दक्षिण अफ्रिकामा ६ लाख ५३ हजार ४४४ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ५ लाख ८४ हजार १९५ कोरोना भाइरस मुक्त भएका छन् भने १५ हजार ७०५ जनाको मृत्यु भएको छ । स्पेनमा ६ लाख १४ हजार ३६० जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने ३० हजार २४३ जनाको मृत्यु भएको छ ।
अर्जेन्टिना ५ लाख ८९ हजार १२ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ४ लाख ४८ हजार २६३ कोरोना भाइरस मुक्त भएका छन् भने १२ हजार ११६ जनाको मृत्यु भएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ