बिहीबार, मंसिर २०, २०८१
19:01 | ००:४६

आबेको उत्तराधिकारीका लागि दौड शुरू

रासस/एएफपी सेप्टेम्बर ८, २०२०


टोकियो, २३ भदौ– जापानको सत्तारूढ पार्टीले मङ्गलबार प्रधानमन्त्री शिन्जो आबेको उत्तराधिकारी छनौट गर्न दौड शुरू गरेको छ । प्रधानमन्त्रीबाट राजिनामा दिने घोषणा गरेका आबेको दाहिने हात मानिने योशिहिदे सुगाले दलमा एउटा व्यक्तिको मात्र नभई दलमा कुशल नेतृत्वको छनोट हुने बताएका छन् ।

एक स्ट्रबेरी किसान परिवारबाट जापानी राजनीतिमा उच्च नेतृत्वमा पुग्न सफल ७१ वर्षीय सुगालाई आगामी नेतृत्वको प्रमुख दाबेदारका रूपमा हेरिएको छ । जापानी मन्त्रीपरिषद्का मुख्य सचिवसमेत भई काम गरेका उनलाई सेप्टेम्बर १४ मा हुने लिबरल डेमोक्रयाटिक पार्टी (एलडीपी) को संसदीय दलको नेता बन्नका लागि पार्टीमा प्रमुख समूहहरुको समर्थन सुरक्षित भइसकेको बताइएको छ ।

एलडीपीमनिर्विरोध नेतृत्व हस्तान्तरण हुने अवस्था देखिएको छैन् । नेतृत्व हात पार्न सुगाले जापानी राजनीतिमा अर्का एक लोकप्रिय पूर्व रक्षामन्त्री र पार्टीको नीति प्रमुखसँगै संसदीय दलको नेता चयन हुनका लागि कडा प्रतिस्पर्धा गर्नुपर्नेछ ।

एलडीपीको ठोस विधायकीय बहुमतका कारण दौडका विजेताले सेप्टेम्बर १६ मा संसदमा बहुमत प्राप्त गरी प्रधानमन्त्री बन्न सक्नेछन् । एलडीपीसँग संसदको स्पष्ट बहुमत भएकोले उक्त पार्टीको संसदीय दलको नेता नै भावी प्रधानमन्त्री हुने भन्ने निश्चित छ ।

जापानको सबैभन्दा लामो सेवा गर्ने प्रधानमन्त्री आबेले अचानक स्वास्थ्य कारणका लागि राजीनामा गर्ने घोषणा गरेका कारण एलडीपीले नयाँ सरकार गठनका लागि नेतृत्वको दौड सुरु गर्नुपरेको हो ।

तत्कालका लागि जो प्रधानमन्त्री भएपनि प्रधानमन्त्रीले जनताको समर्थनको लागि निर्वाचनको घोषणा गर्ने जापानी राजनीतिबारे जानकार विश्लेषकहरूले अनुमान लगाएका छन् ।

तर सुगाले तत्काल आम निर्वाचन असम्भव हुने सङ्केत गर्दै नयाँ प्रधानमन्त्रीले महामारीविरूद्ध आफ्नो प्राथमिकतालाई अघि सार्ने बताएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू