मंगलबार, मंसिर ११, २०८१
04:43
|
१०:२८
रातो मासु मुटु रोगीका लागि घातक
रासस-एएनआई
सेप्टेम्बर ४, २०२०
सिड्नी- १९ भदौ–अष्ट्रेलियाको एउटा विश्वविद्यालयले गरेको अध्ययनले मुटु रोगीका लागि रातो मासु अन्त्यन्त घातक रहेको निष्कर्ष निकालेको छ ।
दक्षिण अष्ट्रेलिया विश्वविद्यालयको टोली गरेको अध्ययनले रातो मासु हाम्रो स्वास्थ्यका लागि घातक हुनसक्ने देखाएको हो । प्रशोधित र रातो मासुले मुटुलाई असर पार्ने तत्वहरुको बृद्धि गर्ने गरेको अध्ययनले देखाएको अध्ययनकर्ताहरुले बताएका छन् ।
त्यस्ता तत्वहरुले मुटुसँगै नशा सम्वन्धी र चिनीरोग सम्वन्धी समस्यामा पनि नकारात्मक असर पार्ने अध्ययनको निष्कर्ष छ ।
अध्ययन टोलीका अनुसन्धानकर्ता डा. पेर्माल डेओले भन्नुभयो, “रातो मासुलाई रोष्ट बनाउने, भुटन बनाउने, अत्यधिक तापमा पकाउनेलगायतका प्रक्रियाबाट बनाएर खाएमा विभिन्न प्रकारका रोगीहरुलाई हानी पुरयाउने देखिएको छ ।”
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ