बर्न्टओक नेपाली समाजले गरयो स्थानीय पार्कमा सरसफाइ


लन्डन –बर्न्टओक नेपाली समाजले स्थानीय वाट्लिङ्ग पार्कमा सरसफाइ गरेको छ। भूतपूर्व गोर्खा सैनिकहरु लगायत नेपाली समुदायका झन्डै ५० जना सदस्यले सरसफाइ कार्यक्रममा भाग लिएका थिए।
“हाम्रो पार्क सफा गरौँ र सफा राखौं । हामी नेपाली समुदायबाटै सुरुवात गरौँ र अरु समुदायलाई पनि सहभागी गराउँ” भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा लन्डन बरो अफ बार्नेटका उपमेयर लक्ष गुरुङ, बार्नेटकी काउन्सिलर सारा कन्वे तथा फ्रेन्ड्स अफ सिल्कस्ट्रिम नामक संस्थाका स्वयम्सेवीहरुले पनि भाग लिएको समाजका महासचिव भोला पनेरुले बताए ।
पार्क सरसफाइ कार्यक्रमको संयोजन समाजका उपाध्यक्ष बिष्णु गुरुङले गरेका थिए ।
“खासगरी कोभिड १९ को कहर भोगीरहेको यो समयमा स्थानीय क्षेत्रलाई सफा राख्नु पर्छ र समाजका अरु समुदायलाई पनि उत्प्रेरणा दिनु पर्छ भन्ने उद्देश्यले हामीले यो सरसफाइ कार्यक्रम आयोजना गरेका हौँ,” समाजका अध्यक्ष उदय गुरुङले भने।
उनले सरसफाइ अभियानमा सहभागी समाजका सदस्य तथा आमा समूहका सदस्य लगायत सबैलाई धन्यवाद दिए।
“बर्न्टओक नेपाली समाजले आफ्नो स्थापनाकाल देखि नै स्थानीय समुदायमा विभिन्न रचनात्मक काम गर्दै आएको छ। कोरोनाको संकटका बीच पनि समाजको पछिल्लो प्रयास सह्राहनीय छ,” लन्डन बरो अफ बार्नेटका उपमेयर लक्ष गुरुङले भने।
सन् २००४ मा स्थापना भएको समाजले दशैं, तिहार, ल्होछार, नयाँ वर्ष तथा ग्रिष्मकालिन कार्यक्रमहरु आयोजना गर्दै आएको छ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५