तमुधिं यूकेका निवर्तमान अध्यक्ष ज्ञाम गुरुङलाई पितृशोक


लन्डन । तमुधिं यूकेका निवर्तमान अध्यक्ष ज्ञाम गुरुङलाई पितृशोक परेको छ । समाजसेवी क्षेसराज गुरुङको ८६ वर्षको उमेरमा चरक हस्पिटलमा उपचारका क्रममा शुक्रबार राती १२.३५ बजे निधन भएको हो ।
करिब डेढ दशक अघिदेखि पक्षघात लगायत स्वास्थ्य समस्याबाट पीडित गुरुङको पीसीआर टेष्ट गरि उक्त टेष्टको रिपोर्टपछि मात्र अन्त्येष्टी गरिने पारिवारिक स्रोतले जनाएको छ । समाजसेवी गुरुङ पर्वत जिल्ला, फलेवास नगरपालिका वडा नं.८ (तत्कालीन ठानामौला गाविस वडा नं. ७) खाल्टे हर्राबोट गाउं भई हाल पोखरा महानगरपालिका नयांबजार प्रदर्शनी मार्ग निवासी चारभञ्ज्याङ तमु समाज पोखराका विशेष सहयोगदाता थिए ।
स्वर्गीय गुरुङका २ छोरा र ४ जना छोरीमध्ये जेठा छोरा तमुधिं यूकेका निवर्तमान अध्यक्ष ज्ञाम गुरुङ/ बुहारी तमुधिं यूके आमा समूहकी निवर्तमान अध्यक्ष प्रेमकुमारी गुरुङ यूके फोक्सटन बस्छन् भने कान्छा छोरा लालकाजी गुरुङ, बुहारी इन्द्रा गुरुङ यूके अल्डरसट निवासी हुन् ।
साइली कृष्णकुमारी गुरुङ र कान्छी छोरी रामकुमारी गुरुङ यूके अल्डरसट बस्छन् भने जेठी र माइली छोरीहरु नेपालमै छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५