लन्डनस्थित नेपाली दूतावासकी नयां उपनियोग प्रमुख रोशन को हुन् ?
रोशन परिवार र दूतावासका अन्य तीन कर्मचारी अहिले दोहामा


लन्डन । लन्डनस्थित नेपाली दूतावासमा उपनियोग प्रमुखको जिम्मेवारी सम्हाल्न परराष्ट्र मन्त्रालयकी उपसचिव रोशन खनाल शनिबार लन्डन उत्रंदै छिन् ।
यसअघि सो जिम्मेवारीमा रहेका शरदराज आरन आफ्नो ४ वर्षे कार्यकाल पूरा गरी बिहीबार दिउसो नेपाल फर्किएलगत्तै खनाल लन्डनका लागि प्रस्थान गरेकी हुन् । उनको परिवार र दूतावासका अन्य तीन कर्मचारी अहिले दोहा आइपुगेका छन् ।
वीकेन्ड र ब्यांक होलिडे परेकाले उनले औपचारिक कार्यभार आगामी मंगलबारदेखि शुरु गर्ने भएकी छन् ।
दूतावासको ‘सेकेन्ड म्यान’ का रुपमा लन्डन उडिसकेकी उपसचिव खनाल करिब १० वर्षदेखि परराष्ट्र सेवामा छन् । शाखा अधिकृतबाट जागिर शुरु गरेकी उनी परराष्ट्र मन्त्रालयमा उत्तर पूर्वी एसिया डेस्क प्रमुख थिइन् । उनले इजरायलस्थित नेपाली दूतावासमा चार वर्ष फस्ट सेक्रेटरी भएर जिम्मेवारी सम्हालिसकेकी छन् ।
पाल्पा हो उनको जन्मघर । पछि कपिलवस्तु हुंदै काठमाडौंमा बसोवास छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५