नेपालमा कोरोना संक्रमितको संख्या ३० हजार नाघ्यो, थप ११ को मृत्यु
काठमाण्डौ । पछिल्लो २४ घन्टामा थप ८ सय ३८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन् ।
संक्रमितमध्ये काठमाडौंमा १ सय ८२, ललितपुरमा २५ र भक्तपुरमा १ जनामा संक्रमण पुष्टि भएको पनि गौतमले जानकारी दिए ।
पछिल्लो चौबीस घण्टामा २ सय ९२ महिला र ५ सय ४६ जना पुरूषमा कोरोनाको पुष्टि भएको हो । हालसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या ३० हजार ४ सय ८३ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा २ सय ५० जना डिस्चार्ज भएका छन् । योसँगै निको भएर घर फर्किनेको कुल संख्या १८ हजार २ सय १४ पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या १२ हजार १ सय ३२ रहेको छ भने आइसोलेशनमा रहेकाको संख्या ८ हजार ५ सय ४६ रहे्को छ । यस्तै होम आइसोलेसनमा ३ हजार ५८६ जना रहेका छन् ।
नेपालमा कोरोना भाइरसको संक्रमण समूदायस्तरमा फैलिरहेको बेला आइसीयूमा पनि विरामीको संख्या बढ्दै गएको छ । बागमती प्रदेशमा १५ सहित हाल नेपालमा कुल १ सय ३३ जनाको आइसीयूमा उपचार भैरहेको छ ।
थप ११ जनाको मृत्यु
नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरस संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोरङ, पर्सा, बारा, सप्तरी, सर्लाही, काठमाडौं, ललितपुर, चितवन, मकवानपुर, दोलखा र प्युठानका १–१ जना गरी ११ जना रहेका छन् ।
जसमा १ महिला र १० पुरुष रहेका छन् । योसँगै शुक्रबारसम्म कोरोनाभाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ३७ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५