शुक्रबार, वैशाख १२, २०८२
06:54 | ११:३९

नेपाली राष्ट्रिय टिमले स्कटल्यान्डमा त्रिदेशीय ट्वान्टी–२० श्रृंखला खेल्ने

नेपाली लिङ्क अप्रिल २४, २०२५

फाइल तस्विर

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले स्कटल्यान्डमा त्रिदेशीय ट्वान्टी–२० श्रृंखला खेल्ने भएको छ ।

स्कटल्यान्ड क्रिकेट संघले बिहीबार नेपाल, स्कटल्यान्ड र नेदरल्यान्ड्स सम्मिलित त्रिदेशीय श्रृंखला आयोजना गर्न लागिएको जानकारी दिएको हो ।

श्रृंखलाको पहिलो खेल जुन १५ मा घरेलु टोलीले डच टिमविरुद्ध प्रतिस्पर्धा गर्नेछ भने नेपालले जुन १६ मा नेदरल्यान्ड्सविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । यसपछि नेपालले जुन १७ मा स्कटल्यान्डविरुद्ध, जुन १८ मा नेदरल्यान्ड्सविरुद्ध र जुन २० मा पुनः स्कटल्यान्डविरुद्ध प्रतिस्पर्धा गर्ने संघले जनाएको छ ।

नेपाली टिम आवद्ध ५२ खेलाडी हाल आइसीसी विश्वकप क्रिकेट लिग–२ का निम्ति ‘क्लोज क्याम्प’ मा व्यस्त छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू