ओएनएफ यूके अधिवेशन जुन १५ मा तय, निर्वाचनसहित विभिन्न समिति गठन


लण्डन । प्रवासी नेपाली मंच बेलायत (ओएनएफ यूके) को ९ औं अधिवेशन आगामी जुन १५ मा हुने भएको छ ।
मंच अध्यक्ष तुंगभद्र भुसालको अध्यक्षतामा आइतबार सम्पन्न २० औं कार्यसमितिको पूर्ण जुम बैठकले आगामी जुन १५, २०२५ को मिति तय गरेको हो ।
बेलायतस्थित मिडल्याण्डमा आयोजना हुने अधिवेशनमा एमाले महासचिव शंकर पोखरेल प्रमुख अतिथिका रुपमा सहभागी हुने भएका छन् । युरोप अमेरिका इन्चार्ज घनश्याम पाण्डे र ओएनएफ अन्तरराष्ट्रिय कमिटी अध्यक्ष संजय थापा विशिष्ट अतिथिका रुपमा सहभागी हुनेछन् ।
अध्यक्ष भुसालका अनुसार महासचिव पोखरेल, इन्चार्ज पाण्डे र ओएनएफ अन्तरराष्ट्रिय अध्यक्ष थापा अधिवेशनमा बेलायत आउने पक्का भैसकेको छ ।
नवौं अधिवेशनका लागि विभिन्न समिति समेत गठन भएका छन्। अधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्ने भएकाले निर्वाचन समिति गठन गरिएको छ । निर्वाचन समिति संयोजकमा कर्ण शाही, उपसंयोजकमा सरस्वती केसी, सदस्यहरु दिनेश घिमिरे, विनोद ज्ञवाली, रामचन्द्र गुरुङ, केदार थपलिया र तिलकराम भट्टराई छन्।
त्यस्तै, प्रचार प्रसार समितिमा संयोजक श्याम लुईटेल र सदस्यहरुमा अर्कराज तिम्सिना, शम्भु अर्याल, विदुर खत्री र दुर्गा बाँनिया छन् ।
त्यस्तै, अधिवेशन प्रतिवेदन लेखन समितिमा संयोजक तुंगभद्र भुसाल र सदस्यहरुमा कृष्ण भण्डारी, डा. मुकुन्द बास्तोला, पून्य रेग्मी, बालकृष्ण भुसाल, पशुपति पोखरेल र श्याम लुईटेल छन्।
अधिवेशनमा आउने पाहुनाहरुलाई स्वागत गर्ने अतिथि सत्कार समितिमा संयोजक भण्डारी, सदस्यहरुमा केशरी क्षेत्री, दुर्गा बाँनिया र राममाया थापा छन् ।
यस्तै, अधिवेशनमा स्वयंसेवक परिचालनको जिम्मेवारी डा बास्तोलालाई दिइएको छ भने सदस्यहरुमा शम्मु अर्याल, जोनी पहारी, तारानाथ भण्डारी र राममाया थापा छन् ।
यस्तै, आर्थिक व्यवस्थापन समिति संयोजकमा पून्य रेग्मी र सदस्यहरुमा अर्जुन चापागाई र गोविन्द सापकोटा छन् ।
प्रतिनिधि व्यवस्थापन समितिमा संयोजक बालकृष्ण भुसाल, सदस्यहरुमा भीमलाल भट्टराई, मोति खरेल, पदम गोले, बिमश शर्मा र राममाया थापा छन् ।
बैठकले अधिवेशन मूल व्यवस्थापनका लागि कार्यसमितिलाई जिम्मा दिएको छ भने हल र खाना व्यवस्थापनका लागि पशुपति पोखरेलको संयोजकत्वमा एक समिति गठन गरेको छ जसमा पदम गोले, शम्मु अर्याल, गोविन्द सापकोटा र तारानाथ भण्डारी छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस

बेलायतको पृथक नेपाली संस्था जसको प्राथमिकता छ पुस्तान्तरण, च्यारिटी र वेलबिइङ (भिडियो)
- १
- २
- ३
- ४
- ५