सोमबार, वैशाख ८, २०८२
21:14 | ०१:५९

बुढासुव्वा गोल्ड कप २१ जुनमा, टिम आवेदन खुल्यो

नेपाली लिङ्क अप्रिल २०, २०२५

लन्डन । धरान समाज यूकेले आउंदो २१ जुन शनिबार १२ औं बुढासुव्वा गोल्ड कप फुटबल प्रतियोगिता गर्ने भएको छ । टुडोर पार्क फेल्थाममा हुने उक्त ९ ए साइड फुटबल प्रतियोगिताका लागि अहिले आवेदन खुलेको समाजका अध्यक्ष निकेश लिम्बुले जनाए । 

टिम इन्ट्री फि २५० पाउण्ड राखिएको छ भने टिम दर्ताको अन्तिम म्याद ७ जुनसम्म छ । टिम ड्र १४ जुनमा गरिनेछ ।

प्रतियोगितामा १८ वर्ष माथिको मेन २० टिम र ३८ वर्ष माथिको १० भेट्रान टिमहरुले प्रतिष्पर्धा गर्नेछन् ।

प्रतियोगिता सफल बनाउन स्पोर्टस् सेक्रेटरी विशाल लिम्बु संयोजक र उत्तम राई सह संयोजकको जिम्मेवारीमा छन् ।

अध्यक्ष निकेश लिम्बुले फुटबलबाहेक खाना, पेय पदार्थ स्टलसहित ‘फन फेयर’ कै रुपमा इभेन्ट गरिने जनाए । 

राजु लिम्बु अध्यक्ष हुंदा सन् २०११ देखि बेलायतमा बुढासुव्वा गोल्ड कप शुरु गरिएको थियो । धरानमा यही नाममा अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता हुँदै आएको छ । 

गत वर्ष मेन क्याटगोरिजमा हाङथुम क्लव र भेट्रानमा धरान ११ विजेता बनेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू