शनिबार, वैशाख ६, २०८२
19:03 | २३:४८

चार्ल्टन नेपाली समाजको नयाँ वर्ष कार्यक्रम ‘हाइकिङ र ड्राइ पिकनिक’

नेपाली लिङ्क अप्रिल १९, २०२५

लन्डन – साउथ इष्ट लन्डनस्थित नेपाली संस्था ‘चार्ल्टन नेपाली समाज’ ले यसपटक पनि नेपाली नयाँ वर्ष नौलो शैलीमा मनाउने भएको छ।

समाजले गत वर्षजस्तै आगामी मे ११ तारिख आइतबार हाइकिङ र ड्राई पिकनिकसहित नयाँ वर्ष मनाउने तयारी गरेको हो।

समाजका महासचिव वसन्त खनालका अनुसार सर्रेको बक्स हिलमा हाइकिङ र ड्राई पिकनिकका साथ नयाँ वर्षको शुभकामना आदानप्रदान गर्ने तयारी छ।

समाजले चार्ल्टनसहित आसपासका क्षेत्रमा बस्ने नेपालीसमेतलाई कार्यक्रममा सहभागी हुन आव्हान गरेको छ । कार्यक्रममा सहभागिताका लागि समयमै आफ्नो स्थान तथा कोच बुकिङ गर्न आग्रह गरिएको छ।

कार्यक्रमको सहभागिता शुल्क मात्र १० पाउन्ड छ । समाजले व्यवस्था गरेको कोचमा कार्यक्रमस्थलसम्म जान र फर्किन भने थप १५ पाउण्ड लाग्नेछ।

समाजकी अध्यक्ष सीता अर्यालले गत वर्ष नेपाली नयाँ वर्षका अवसरमा पहिलोपटक आयोजना गरिएको हाइकिङ र ड्राई पिकनिक रुचाइएका कारण यसपटक पनि निरन्तर गरिएको बताइन्।

पहिलो वर्षको अनुभवबाट सिकेर यस वषको कार्यक्रमलाई झन् व्यवस्थित र रमाइलो बनाइने भन्दै उनले सहभागिताका लागि स्थानीय नेपालीहरुलाई समयमै बुकिङ गर्न आग्रह गरेकी छन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू