शनिबार, वैशाख ६, २०८२
16:20 | २१:०५

नयाँ वर्षको स्वागतमा शान्ति नेपाली समाजको शुभकामना कार्यक्रम

नेपाली लिङ्क अप्रिल १७, २०२५

लन्डन- बेलायतको बर्मिङहमस्थित शान्ति नेपाली समाजले नेपाली नयाँ वर्षलाई एक विशेष कार्यक्रमसहित स्वागत गरेको छ।

सोमबार नयाँ वर्षकै दिन वेष्ट ब्रमिचको ‘द कन्फरेन्स सुइट’ मा समाजका अध्यक्ष रामप्रसाद न्यौपानेको अध्यक्षता र बेलायतका लागि नेपाली राजदूत चन्द्र कुमार घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा ६ सय बढी स्थानीय नेपालीको सहभागिता थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि राजदूत घिमिरेले नयाँ वर्षको शुभकामना व्यक्त गरे । बेलायतवासी नेपालीको अभिभावक संस्थाका रुपमा दूतावास सदैव उनीहरुका समस्या समाधानमा सहयोगी बन्ने प्रतिवद्धता उनको थियो।

कार्यक्रमकी विशिष्ट अतिथि स्थानीय स्यान्डवेल बरो मेयर सइदा खातुनले शान्ति नेपाली समाजले स्थानीय नेपाली बालबालिकालाई नेपाली भाषा, कला र संस्कृति सिकाइरहेकोमा प्रशंसा गरिन्।

समाजका अध्यक्ष रामप्रसाद न्यौपानेले ‘घरघरमा शान्ति नेपाली समाज’ को अवधारणामा समस्यामा परेका नेपालीको सहयोगीका रुपमा संस्थालाई अगाडि बढाउन खोजिएको बताए।

सो अवसरमा एनआरएनए अभियन्ता दयानिधि सापकोटा, साझा नेपाली समाज यूके महासचिव शसांक शर्मा, यार्डली सोलिहल नेपाली समाज अध्यक्ष गोकर्ण हुमागाईं, शान्ति नेपाली समाजका निवर्तमान अध्यक्ष प्रविन खराललगायतले मन्तव्य राख्दै नयाँ वर्षको शुभकामना दिएका थिए।

कार्यक्रममा उपाध्यक्ष पदम शाहीले स्वागत तथा अर्का उपाध्यक्ष निशान्तमान बज्राचार्यले धन्यवाद मन्तव्य दिएका थिए। कार्यक्रम महासचिव राजेशमणि लामिछानेले संचालन गरेका थिए।

समाजका सदस्य प्रल्लाद कँडेलको संयोजकत्वमा सम्पन्न कार्यक्रममा प्रविधिमा प्रशान्त अर्याल, लक्ष्मण ढकाल र सागर अधिकारी, स्टेज व्यवस्थापनमा सचिव लेखनाथ घिमिरे, प्रवक्ता डिआर पराजुली, गीता लम्साल तथा प्रमुख सांस्कृतिक संयोजक सीता पौडेल थिए।

कार्यक्रममा नेपालबाट आएकी गायिका शर्मीला बिसीको सांगीतिक प्रस्तुतिका साथै स्थानीय बालबालिका तथा कलाकारहरुले आकर्षक नृत्यहरु प्रस्तुत गरेका थिए।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू