मंगलबार, वैशाख १६, २०८२
बेलायतमा यो हप्ताको तापक्रमले सात वर्ष यताकै रेकर्ड तोड्ने


नेपाली लिङ्क
अप्रिल २८, २०२५
लन्डन । बेलायतमा यो हप्ता यस वर्षकै सबैभन्दा बढी गर्मी हुने भएको छ । सम्भवत: सात वर्षयताकै सबैभन्दा बढी गर्मी हुने महिना अप्रिल हुन सक्ने अनुमान गरिएको छ।
स्थानीय मौसम विभाग मेट अफिसले दिएको जानकारी अनुसार बुधबार र विहीबारको तापक्रम २७ देखि २८ डिग्री सेल्सियस (८१-८२° फरेनहाइट) सम्म पुग्न सक्ने अनुमान छ ।
यद्यपि यहाँको तापक्रम बुधबार नै २७ डिग्री सेल्सियस पुग्यो भने यो बेलायतमा ७ वर्षको सबैभन्दा गर्मी हुने अप्रिल महिना हुनेछ। केही स्थानमा तापक्रम २९ डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ ।
यसअघि २०१८ को अप्रिलमा २९.४ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको थियो। केही दिनसम्म गर्मी मौसम रहने भएकाले सूर्यको तेजबाट बच्न सावधानी अपनाउन सनस्क्रिन लगाउन र पर्याप्त मात्रामा पानी पिउन मेट अफिसले सल्लाह दिएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस

बेलायतको पृथक नेपाली संस्था जसको प्राथमिकता छ पुस्तान्तरण, च्यारिटी र वेलबिइङ (भिडियो)
मार्च १५, २०२५
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५