मंगलबार, वैशाख १६, २०८२
21:54 | ०२:३९

स्पेन र पोर्चुगलमा विद्युत आपूर्ति बन्द, लाखौं प्रभावित

नेपाली लिङ्क अप्रिल २८, २०२५

लन्डन । स्पेन र पोर्चुगलको विभिन्न क्षेत्रमा आज अकस्मात विद्युत आपूर्ति बन्द भएको छ। विद्युत आपूर्तिका कारण दुवै देशका लाखौं नागरिक प्रभावित भएका छन्।

प्रारम्भिक जानकारी अनुसार, विद्युत आपूर्तिमा गडबडी भएको कारणले स्पेनको राजधानी म्याड्रिड, बार्सिलोना, भ्यालेन्सिया लगायत ठूला शहरहरू र पोर्चुगलको लिस्बन, पोर्टो जस्ता महत्त्वपूर्ण शहरमा विद्युत  सेवा बन्द भएको छ।

यसले गर्दा यातायात प्रणाली, अस्पताल, व्यवसायिक प्रतिष्ठानहरू र दैनिक जीवनमा ठूलो असर परेको छ। केही क्षेत्रहरूमा जनरेटरको मद्दतले आपतकालीन सेवा सञ्चालनमा छ। सडकका ट्राफिक लाइट संचालन नहुँदा यातायात क्षेत्रमा ठूलो प्रभाव परेको छ । उडानहरु संचालन हुन नसक्दा यात्रुहरुको चाप बढेको छ ।

दुवै देशका सरकारी अधिकारीहरूले समस्या पत्ता लगाउन र शीघ्र निकासको लागि टोलीहरू तत्पर राखेका छन्। विद्युत कटौतीको वास्तविक कारण अहिलेसम्म पत्ता लाग्न सकेको छैन, तर प्रारम्भिक अनुमान अनुसार ग्रिडको प्राविधिक समस्या वा अत्यधिक बिजुली खपत यसको कारण हुन सक्छ। यस घटनामा कुनै साइबर आक्रमण नभएको अधिकारीहरुले बताएका छन् ।

स्थानीय नागरिकहरूलाई शान्त रहन र आवश्यक परेमा आपतकालीन सेवाहरूसँग सम्पर्क राख्न अनुरोध गरिएको छ। विद्युत आपूर्ति  पुनः कहिले सुचारु हुने भन्ने बारेमा अझै स्पष्ट जानकारी दिइएको छैन।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू