सोमबार, वैशाख १५, २०८२
लिभरपुल बन्यो इंग्लिस प्रिमियर लिग च्याम्पियन


नेपाली लिङ्क
अप्रिल २७, २०२५
लन्डन- यस वर्षको इंग्लिस प्रिमियर लिग उपाधि लिभरपुलले जितेको छ।
आइतबार घरेलु मैदानमा टोटनहमलाई ५-१ ले पराजित गर्दै लिभरपुलले लिग च्याम्पियनको ट्रफी पक्का गरेको हो।
वर्ष २०२४/ २०२५ को लिगमा चार खेलअगावै लिभरपुलले उपाधि जितेको हो।
यससंगै लिभरपुलले म्यानचेष्टर युनाइटेड समान २० पटक इंग्लिस प्रिमियर लिग जित्ने कीर्तिमान बराबरी गरेको छ।
प्रशिक्षक आर्ने स्लटको पहिलो सिजनमै लिभरपुलले प्रिमियर लिग उपाधि जितेको हो।
आइतबार एनफिल्डमा भएको खेलमा सुरुमै गोल खाएको लिभरपुलले पुनरागमन गर्दै सानदार जित हात पार्यो ।
लिभरपुलका लागि लुइस डियाज, एलेक्सिस म्याक एलिस्टर, कोडी गाक्पो र मोहम्मद सालाहले एक-एक गोल गरे।
टोटनहमले एक आत्मघाती गोल उपहार दिएको थियो।टोटनहमका लागि डोमिनिक सोलान्केले गोल गरे ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस

बेलायतको पृथक नेपाली संस्था जसको प्राथमिकता छ पुस्तान्तरण, च्यारिटी र वेलबिइङ (भिडियो)
मार्च १५, २०२५
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५