आज हुने ‘लाफ्टर फर लाइफ’ को तयारी पूरा, कार्यक्रममा आउन कलाकारहरुको निम्तो


लन्डन । आज आइतबार सांझ लन्डन हयारो लिजर सेन्टरमा हुन गइरहेको ‘लाफ्टर फर लाइफ’ कार्यक्रम तयारी पूरा भएको छ । लन्डनमा हुने कमेडी र संगीतको समिश्रण उक्त कार्यक्रमका लागि कलाकारहरु लन्डन आइसकेका छन् ।
कार्यक्रमका लागि महानायक राजेश हमाल र हास्यकलाकार सन्दीप क्षेत्री (मिस्टर ह्याप्पी) बुधबार नै लन्डन आइपुगेका हुन् । यसैगरी गायक भट्टराई र उनको व्याण्ड अतृप्त पनि लन्डन आइसकेको छ ।
‘लाफ्टर फर लाइफ’ मा राजेश हमाल र सन्दीप क्षेत्रीले दुई घण्टा भन्दा बढी हाँस्य कार्यक्रम प्रस्तुत गर्नेछन् । महानायक हमाल पहिलोपटक स्ट्याण्डअप कमेडीका लागि स्टेजमा उत्रनेछन् । लन्डनबाटै उनको कमेडी यात्रा शुरु हुनेछ ।
सोही स्टेजमा लाखौं युवामनका ढुकढुकी गायक नवीन के भट्टराई र उनको व्याण्ड ‘अतृप्त’ का सदस्यहरुले पनि लाइभ म्यूजिकमा परफर्म गर्नेछन् । आफूहरुले सक्दो उत्कृष्ट प्रस्तुति दिन प्रयास गर्ने भट्टराईले बताएका छन् । बेलायतका दर्शकहरुसंग धेरै लामो समयपछि साक्षात्कार गर्न पाउंदा आफूहरु उत्साहित भएको उनले बताए ।
आयोजक माया इभेन्ट्सका निर्देशक राज पाण्डे तथा डा. रक्षा थापाले ऐतिहासिक इभेन्टमा आएर मनोरन्जन लिन सबैलाई आग्रह गरेका छन् । कार्यक्रम तयारी पूरा भएको र कलाकारहरु पनि आफ्नो प्रस्तुतिका लागि रिहर्सल गरिरहेको आयोजकले जानकारी दिए ।
कार्यक्रमका लागि टिकट अनलाइन तथा हलमा समेत उपलब्ध हुनेछ । अनलाइन टिकट किन्न यहाँ क्लिक गर्नुहोला ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस

बेलायतको पृथक नेपाली संस्था जसको प्राथमिकता छ पुस्तान्तरण, च्यारिटी र वेलबिइङ (भिडियो)
- १
- २
- ३
- ४
- ५