शुक्रबार, वैशाख १२, २०८२
13:22 | १८:०७

बेलायतमा ध्यान शिविर गर्दै ओशो तपोवनका ध्यान प्रशिक्षक स्वामी आनन्द अर्हत

नेपाली लिङ्क अप्रिल २५, २०२५


लन्डन – काठमाडौँस्थित ओशो तपोवनका ध्यान प्रशिक्षक स्वामी आनन्द अर्हतले यही मे महिनामा बेलायतका विभिन्न स्थानमा ध्यान शिविर सन्चालन गर्नुहुने भएको छ।

उहाँले २३ मे देखि २६ मे सम्म मूर हल, मेडनहेडमा तीन दिवसीय ध्यान शिविर संचालन गर्नु हुने ओशो आनन्द बोधी ध्यान केन्द्रका संयोजक स्वामी ध्यान शंकरले बताउनु भयो। 

उक्त शिविरमा सहभागी भै लाभान्वित हुन उहाँले सबै मित्रहरुलाई  आग्रह गर्नु भयो। बेलायतका अन्य स्थानमा पनि शिविर संचालन गर्ने योजना भइरहेको माँ अजीताले बताउनु भयो।

उक्त शिविरमा सहभागी हुन इच्छुकले स्वामी ध्यान शंकर (07886018119 ) तथा स्वामी कृश (07846146572 ) लाई सम्पर्क गरेर आफ्नो स्थान सुरक्षित गर्न आयोजकले  आग्रह गरेका छन् ।

संसारका २० बढी मुलुकमा ध्यान शिविरहरु सन्चालन गरिसक्नुभएका स्वामी अर्हतले स्वस्थ र सन्तुलित जीवनकालागि ध्यान अपरिहार्य रहेको बताउनु भयो ।

“जब हामी व्यावसायिक जीवनमा लाग्छौं, जीवनको अनुभव सबैभन्दा महत्वपूर्ण कुरा हुन्छ। तर आज हामी बढी आत्तिएको अवस्था छ, स्ट्रेसको अवस्था छ।  त्यस्तो तनाव कम गर्ने ध्यानका विधिहरु सिकेर तपाईं घरमै पनि गर्न सक्नु हुन्छ,” स्वामी अर्हतले भन्नुभयो। 

“हाम्रा भावना वा विचारहरुबाट हाम्रो जीवन संचालित हुन्छ, ती विचारलाई कसरी सन्तुलित गर्ने? मित्रताको भावबाट आध्यात्मिक चेतसहित कसरी जिउने लगायतका विषयहरु हामी शिविरमा सिक्नेछौं”- स्वामी अर्हतले भन्नुभयो- “जेनरेशन ग्याप के हो ? हामीलाई बच्चाहरुसंग कुरा गर्न किन गाह्रो हुन्छ? त्यसको जग के हो र हामीले कसरी आफ्नै छोरा छोरीसंग संवाद गर्ने कला सिक्न सक्छौं ? हल्का शरीर, शान्त मन, विचारमा स्थिरता र जगतसंगको आध्यात्मिक सम्बन्धबारे पनि हामी शिविरमा छलफल तथा अभ्यास गर्नेछौं ।”

त्यस्तै ओशो आनन्दबोधी ध्यान केन्द्रका संयोजक स्वामी ध्यान शंकरले ध्यान शिविरमा सपरिवार सहभागी हुन सबै मित्रहरुलाई आग्रह गर्नु भयो।

“आजको व्यस्त समाजमा संयमित जीवन शैली र ध्यानको महत्व जति वर्णन गरेपनि कम हुन्छ। आफ्नो व्यवसाय र पेशामा उत्कृष्टता हासिल गर्नका साथै परिवार र आफ्नो जीवनमा स्नेह र शान्तिका लागि पनि योग र ध्यानको अत्यन्तै ठूलो भूमिका हुने प्रमाणित छ,” उहाँले भन्नुभयो।

ओशो तपोवनका संस्थापक बोधिसत्त्व स्वामी आनन्द अरुणका निकट सहयोगी स्वामी आनन्द अर्हतले गत १८ वर्षदेखि बेलायतमा ध्यान शिविरहरु सन्चालन गर्दै आउनुभएको छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू