शुक्रबार, वैशाख १२, २०८२
04:08 | ०८:५३

ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरता अभियान समिति नेपाल पुनर्गठन

नेपाली लिङ्क अप्रिल २४, २०२५

काठमाडौं– ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरता अभियान समिति, नेपाल कार्यसमिति पुनर्गठन भएको छ । अभियानका यूके-नेपाल प्रमुख सल्लाहकार तथा गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर राईको उपस्थितिमा बैशाख १० गते बुधबार ७ सदस्यीय कार्यसमिति पुनर्गठन गरि समितिलाई पूर्णता दिइएको हो ।

ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरता अभियान समिति नेपालका संयोजक फुर्वा गर्ज शेर्पाको संयोजकत्वमा गठित समितिको सह-संयोजकमा शुष्मा चेम्जोङ, सचिवमा फुर्लाक्पा शेर्पा, कोषाध्यक्षमा निमा शेर्पा र सदस्यहरुमा निमा नुर्बु शेर्पा, मंगलबहादुर गुरुङ र नवराज गुरुङ सर्वसम्मत चयन भएका छन् ।

उक्त समितिले ३ सदस्यीय सल्लाहकार समिति समेत चयन गरेको छ । प्रमुख सल्लाहकारमा रिटायर्ड मेजर प्रेम दोर्जे शेर्पा, वरिष्ठ सल्लाहकारमा रिटायर्ड क्याप्टेन हिमाल राई र अर्का सल्लाहकारमा रिटायर्ड लेफ्टिनेन्ट भिम तावा छन् ।

ब्रिटिश गोर्खाहरुका वंशजको नेपाली नागरिकता निरन्तरता अभियान अन्तर्गत निर्णायक मोडमा पुगेको संशोधन विधेयकलाई निष्कर्षमा पुरयाउन यूके समितिसंग समन्वय गरि नेपालमा आवश्यक सबै प्रकारको पहल गर्ने समितिले जनाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू