महानायक राजेश हमाल र हास्यकलाकार सन्दीप क्षेत्री लन्डन अवतरण


लन्डन । महानायक राजेश हमाल र हास्यकलाकार सन्दीप क्षेत्री (मिस्टर ह्याप्पी) लन्डन आइपुगेका छन् । लन्डनमा हुने कमेडी र संगीतको समिश्रण कार्यक्रम ‘लाफ्टर फर लाइफ’ का लागि हमाल र क्षेत्री बुधबार राती लन्डन हिथ्रो अवतरण गरेका हुन् ।
कलाकारद्धयलाई आयोजक माया इभेन्ट्सका तर्फबाट राज पाण्डे र डा. रक्षा थापाले स्वागत गरेका थिए । माया इभेन्ट्सकै अन्य सदस्यहरु र लन्डनका केही अग्रजले समेत कलाकारहरुको स्वागत गरे ।
लन्डन उत्रिएपछि कलाकारहरुले २७ अप्रिल सांझ लन्डन हयारो लिजर सेन्टरमा हुन गइरहेको ‘लाफ्टर फर लाइफ’ कार्यक्रममा आएर रमाइलो गर्न सबैमा अपिल गरेका छन् । महानलायक हमाल पहिलोपटक स्ट्याण्डअप कमेडीका रुपमा स्टेजमा उत्रनेछन् ।
हमाल क्षेत्री सहभागी उही स्टजमा गायक नवीन के भट्टराई र उनको व्याण्ड अतृप्तले पनि ‘परफर्म’ गर्दैछन् । नवीन के र ‘अतृप्त’ का सदस्यहरु भने अप्रिल २५ तारिख बिहान लन्डन उत्रने तय छ ।
आयोजक राज पाण्डेले लन्डनमा यस खालको शो विरलै हुने गरेको जनाउंदै सम्पूर्ण दर्शकहरुलाई बेलैमा अनलाइन टिकट सुरक्षित गर्न अनुरोध गरेका छन्।
डा. रक्षा थापाले कार्यक्रम ऐतिहासिक हुने बताउंदै विद्यार्थीका लागि विशेष सहुलियत दिइएको जनाइन् ।
कार्यक्रममा आएर संगीत र हांसोको मज्जा लिन उनको अपिल छ ।
‘लाफ्टर फर लाइफ’ सफल बनाउन ५ युवाहरु भुपेन्द्र विष्ट, भरतराज जोशी, सागर आग्री, शुभम दाहाल र अर्जुन तिवारी जुटेका छन् । आयोजकले शोका लागि युरोपदेखि संयुक्त अधिराज्यका चारवटै राज्यबाट दर्शकहरु आउन टिकट काटिसकेको जनाएका छन् । यस कार्यक्रम बेलायतकै उत्कृष्ट बनाउने आयोजकको लक्ष्य छ ।
महानायक हमाल ७ मे तथा नवीन के भट्टराई एवं उनका व्याण्ड सदस्य र सन्दीप क्षेत्री १ मेमा नेपाल फर्कने कार्यक्रम छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस

बेलायतको पृथक नेपाली संस्था जसको प्राथमिकता छ पुस्तान्तरण, च्यारिटी र वेलबिइङ (भिडियो)
- १
- २
- ३
- ४
- ५