काश्मिरको आतङ्ककारी हमलामा मारिएका सुदीपको शव आजै नेपाल ल्याइने


काठमाडौँ– काश्मिरको पहलगाममा भएको आतङ्ककारी हमलामा मारिएका नेपाली युवा सुदीप न्यौपानेको शव आजै नेपाल ल्याइने भएको छ। उनको शव नेपाल ल्याउन परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतीय विदेश मन्त्रालयसँग पहल गरेकी हुन् ।
मंगलबार कश्मिरमा आतंककारीको आक्रमणमा परि सुदीपलगायत २६ जनाको ज्यान गएको थियो । उनको साथमा रहेका आफन्तहरु रिमकला पाण्डे, युवराज काफ्ले, सुषमा न्यौपाने र अर्का एक नेपाली हरिप्रसाद सापकोटालाई पनि आजै नेपाल ल्याउन लागिएको हो।
आक्रमणमा परेर रिमकला घाइते भएकी छन्। घटनास्थलमा रहेका सुदीपका आफन्तले त्यहाँ बस्न सक्ने अवस्था नरहेकाले आज नै घर फर्किने व्यवस्थाका लागि अनुरोध गरेपछि परराष्ट्र मन्त्रालयले त्यसका लागि समन्वय गरेको हो।
सुदीप वुटवल–११, कालिकानगर रुपन्देही निवासी हुन्। हिजोको सो आतंककारी हमालाको नेपाल सरकारले कडा शब्दमा निन्दा र भत्र्सना गरेको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस

बेलायतको पृथक नेपाली संस्था जसको प्राथमिकता छ पुस्तान्तरण, च्यारिटी र वेलबिइङ (भिडियो)
- १
- २
- ३
- ४
- ५