बेलायतमा हुंदैछ दोस्रो नेपाली भजन महोत्सव


लन्डन- बेलायतको मिडल्यान्डमा नेपाली भजन महोत्सव हुने भएको छ।
आगामी मे १२ तारिख बुद्धजयन्तीका दिन मिडल्यान्डको वुल्भरह्याम्पटनस्थित श्रीकृष्ण मन्दिरमा ‘दोस्रो मिडल्यान्ड भजन महोत्सव’ हुन लागेको हो।
बेलायतमा हिन्दू धर्म तथा नेपाली कला, संस्कृतिको प्रवर्द्धन गर्ने उद्धेश्यले महोत्सव गर्न लागिएको आयोजकले जनाएको छ।
भजन महोत्सवमा बेलायतका विभिन्न क्षेत्रमा बस्ने नेपाली समुदाय र संघसंस्थाको प्रतिनिधित्व गर्दै एक दर्जन भजन टोलीहरु सहभागी हुनेछन् । महोत्सवमा बेलायतभरबाट ५ सय भन्दा बढीको सहभागिता अपेक्षा गरिएको छ।
यसअघि गत वर्ष आयोजना गरेको पहिलो भजन महोत्सवको सफलताबाट उत्साहित भएर आयोजक साझा नेपाली समाज यूके यस वर्ष दोस्रो भजन महोत्सवको तयारीमा जुटेको हो।
कार्यक्रमका संयोजक एवम् साझा नेपाली समाजका उपाध्यक्ष शिव खरालले महोत्सवमा सहभागिताका लागि बेलायतका विभिन्न क्षेत्रबाट भजन टोलीहरुले उत्साहजनक रुपमा नाम दर्ता गराइरहेको जानकारी दिए ।
‘गत वर्ष हामीले पहिलोपटक आयोजना गरेको भजन महोत्सवको सफलताले यसपटक दोस्रो भजन महोत्सवका लागि प्रेरित गरेको हो’, संयोजक खरालले नेपालीलिंकसंग भने, ‘यस वर्ष झनै विशेष र व्यापक बनाउने हाम्रा तयारी छ।’
महोत्सवमा सहभागी हुन आयोजक साझा नेपाली समाज यूकेले बेलायतवासी सबै नेपालीहरुलाई आव्हान गरेको छ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस

बेलायतको पृथक नेपाली संस्था जसको प्राथमिकता छ पुस्तान्तरण, च्यारिटी र वेलबिइङ (भिडियो)
- १
- २
- ३
- ४
- ५