शहीद पिताको स्मृतिमा मेमोरियल पार्क र मन्दिर बनाउन लन्डन म्याराथन दौड्दै श्रेष्ठ


लन्डन । बेलायत बसोवास गर्ने एक नेपालीले आफ्नो जन्मभूमिमा मेमोरियल पार्क र मन्दिर पुननिर्माणका लागि सहयोग जुटाउन लन्डन म्याराथनमा दौड्ने तयारी गरेका छन् ।
सामाजिक अभियन्ता नगेन्द्र श्रेष्ठले तत्कालिन माओवादी विद्रोहीले आफ्ना पिता सरस्वतीकृष्ण श्रेष्ठको हत्या गरेको २५ औं पूण्यतिथीमा लन्डन म्याराथन दौडेर ऋषिङ गाउँपालिकाको ऋषिङ रानीपोखरी तनहुँ – ८ मा अवस्थित क्षतिग्रस्त मन्दिर अजम्बरीको पुनर्निर्माण साथै मेमोरियल पार्क बनाउन म्याराथन दौड्न लागेको जनाए । केही वर्ष अघि पहिरोले क्षतिग्रस्त मन्दिर कोष अभावका कारण अझै मर्मत गरिएको छैन् ।
माओवादीले गाविस अध्यक्ष हुंदा आफ्नो बाबुलाई हत्या गरेको ठाउंमा मेमोरियल पार्क बनाउने लक्ष्य श्रेष्ठको छ ।
श्रेष्ठले ‘गो फण्ड मी’ लिंकमा गएर सहयोग गर्न सबैमा अपिल गरेका छन् । १० हजार पाउण्ड संकलन गर्ने लक्ष्यमा हालसम्म करिब ६ हजार पाउण्ड उठिसकेको छ ।
विश्व प्रतिष्ठित लन्डन म्याराथन आगामी २७ अप्रिलमा हुंदैछ जहां विश्वभरबाट धावकहरु दौड्दै छन् ।
श्रेष्ठ सन् २०१८ तिर जीममा मात्र दौड्ने गर्दथे । सन् २०२० देखि सडकतिर दौड्न थालेका उनले सन् २०२१ देखि प्रत्येक शनिबार च्यारिटी पार्क रन गर्न थाले ।
‘व्यवसायिक खेलाडी वा धावक नभएको व्यक्तिका लागि लन्डन म्याराथन ठूलो चुनौती हो तर गुड कजका लागि दौड्ने चुनौती स्वीकार गरेको छु’- श्रेष्ठले भने, ‘म २५ वर्षअघि विद्रोही माओवादीबाट आफ्नो ज्यान गुमाउनु भएका मेरा प्रिय शहीद बुबा सरस्वती कृष्ण श्रेष्ठको सम्झनामा पनि दौडिरहेको छु ।’
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस

बेलायतको पृथक नेपाली संस्था जसको प्राथमिकता छ पुस्तान्तरण, च्यारिटी र वेलबिइङ (भिडियो)
- १
- २
- ३
- ४
- ५