मंगलबार, वैशाख ९, २०८२
22:57 | ०३:४२

चीनमा डिजिटल अर्थतन्त्र उल्लेखनीय वृद्धि

रासस/सिन्ह्वा अप्रिल २१, २०२५

तस्बिर सिन्हवा

बेइजिङ, वैशाख ८ गते । चीनमा निजी क्षेत्रको विस्तार उल्लेखनीय रूपमा बढेको छ। सन् २०२५ मार्चसम्म चीनमा पाँच करोड सत्तरी लाखभन्दा बढी निजी व्यवसाय दर्ता भएका छन्, जुन देशभरका कुल व्यवसायहरूको ९२.३ प्रतिशत हो ।

सालको पहिलो त्रैमासिकमा मात्रै उन्नाइस लाख उनान्सय हजार नयाँ निजी कम्पनीहरू स्थापना भएका छन्, यो अघिल्लो वर्षको तुलनामा ७.१ प्रतिशतले बढी हो । तीमध्ये ४० प्रतिशतभन्दा बढी व्यवसाय प्रविधि, नयाँ उत्पादन र व्यापार मोडलसँग सम्बन्धित छन् ।

डिजिटल अर्थतन्त्रको क्षेत्रमा उल्लेखनीय वृद्धि देखिएको छ। जनवरीदेखि मार्चसम्म दुई लाख चौहत्तर हजार नयाँ डिजिटल सम्बन्धित निजी कम्पनीहरू दर्ता भएका छन्, जुन पहिलो त्रैमासिकका कुल नयाँ कम्पनीहरूको १३.९ प्रतिशत हो ।

सरकारले नीति, कानुन तथा संवादमार्फत निजी क्षेत्रलाई थप सशक्त बनाउन पहल गरिरहेको छ। यसले देशको निजी क्षेत्रलाई नवप्रवर्तन, रोजगारी र समग्र आर्थिक वृद्धिको मुख्य आधार बनाइरहेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू