आइतबार, वैशाख ७, २०८२
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन पक्राउ


नेपाली लिङ्क
अप्रिल २०, २०२५
काठमाडौँ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन पक्राउ परेका छन् । उनीहरुलाई सिंहदरबार भित्रैबाट पक्राउ गरिएको हो । पक्राउ पर्नेमा नेताहरू बुद्धिमान तामाङ र ज्ञानेन्द्र शाहीसमेत छन् ।
चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनका क्रममा पक्राउ परेका पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री एवं प्रतिनिधि सभा सदस्य धवलसमशेर जबरालाई निःशर्त रिहा गर्न माग गर्दै राप्रपा कार्यकर्ता आइतबार प्रदर्शनमा उत्रेको थियो ।
अध्यक्ष लिङ्देनले सरकारले लोकतान्त्रिक अधिकार खुम्च्याउन खोजेको आरोप लगाएका छन् । आइतबार निषेधित क्षेत्र नयाँ बानेश्वरमा प्रदर्शन गर्नुको कारणबारे उनले भनेका छन्, ‘बोल्न, लेख्न र प्रदर्शन गर्न पाउने अधिकार खुम्च्याउन खोजियो । त्यसैले सरकारको नजिकै प्रतिकात्मक प्रदर्शन गरेका हौँ ।’
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस

बेलायतको पृथक नेपाली संस्था जसको प्राथमिकता छ पुस्तान्तरण, च्यारिटी र वेलबिइङ (भिडियो)
मार्च १५, २०२५
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५