शनिबार, वैशाख ६, २०८२
17:59 | २२:४४

लन्डनकी गायिका बर्देवाको अर्को कोसेली ‘कश्मीरे गम्छा’ (भिडियो)

नेपाली लिङ्क अप्रिल १८, २०२५


लन्डन- लन्डन बस्ने चर्चित गायिका शर्मिला बर्देवा फेरि अर्को कोसेली ‘कश्मीरे गम्छा’ लिएर आएकी छन् ।

फरक आवाजका कारण नेपाली सांगीतिक बजारमा सधैं छाइरहेकी बर्देवाले शुक्रबारमात्र दर्शक श्रोतामाझ ‘कश्मीरे गम्छा’ ल्याएकी हुन् ।  

उक्त गीत र म्यूजिक भिडियो बर्देवाको आफ्नै यूट्युब च्यानलमार्फत सुन्न र देख्न सकिने छ।

सरोज परियारले लगानी गरेको उक्त गीतमा चर्चित गायक डेभिड शंकरको पनि स्वर सुन्न सकिने छ भने अहिले युवा पुस्ताका चर्चित संगीतकार राजेन्द्र बजगाईको संगीत तथा संगीत संयोजन छ । पछिल्लो समयका चर्चित गीतकार डिपी खनालले गीत लेखेका हुन् ।

अति ब्यस्त साउन्ड इन्जिनियर मनोज परियारको मिक्सिङ तथा मास्टरिङ छ । गीत ‘आफ्नो मन’ स्टुडियोमा रेकडिङ गरिएको हो ।  

काठमाडौंका विभिन्न स्थानमा छायांकन गरिएको उक्त गीतको म्यूजिक भिडियो निर्देशन/कोरियोग्राफी सियोन श्रेष्ठले गरेका छन् । उत्सव दाहालले छायांकन गरेको भिडियोमा अहिलेका चर्चित मोडल सुधीर श्रेष्ठ र जुनु एसडीको नृत्य र अभिनय छ ।

गायिका शर्मिला बर्देवा

करिव तीन दशकको सांगीतिक करिअरमा झन्डै एक हजार गीत गाइसकेकी शर्मिला बेलायतमा पेशाले नर्स हुन् । उनी यहाँ पनि स्टेजमा उत्तिकै व्यस्त रहन्छिन् । केही साता अगाडि नेपाल गएर ६ महिना बस्दा ४६ वटा गीत रेकर्ड गराएकी थिइन् । ति गीत अहिले बजारमा धमाधम आइरहेका छन्   

हेरौं म्यूजिक भिडियो: 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू