दूतावासको कन्सुलर सेवा पहिलोपल्ट केमन आइल्याण्डमा, सय बढी लाभान्वित


लन्डन– बेलायतस्थित नेपाली दूतावासले पहिलोपटक लन्डनबाट ७२८ किलोमिटरको दुरीमा रहेको केमन आइल्याण्डमा मोबाइल कन्सुलर सेवा (घुम्ती शिविर) गरेको छ ।
दूतावासको एक टोलीले अप्रिल १४ मा केमन आइल्याण्डमा बसोबास गर्ने नेपालीलाई लक्षित गरि कन्सुलर सेवा उपलब्ध गराएको हो ।
सिभिक सेन्टरस्थित जर्ज टाउन हलमा संचालान गरिएको उक्त कार्यक्रममा एक सय भन्दा बढी नेपालीले राहदानी नवीकरण, डकुमेन्ट प्रमाणीकरण, भिसा तथा अन्य कन्सुलर सेवाहरू प्राप्त गरेको दूतावासले जनाएको छ।
३० अप्रिल २०२६ भित्र राहदानीको बहाल अवधि समाप्त हुनेहरुलाई राहदानी नवीकरण गर्न दूतावासले आव्हान गरेको थियो ।
केमन आइल्याण्डमा करिब ३ हजार बढी नेपाली बसोबास गर्दै आएको अनुमान छ । जसमध्ये धेरैजसो सेक्युरिटी तथा हस्पिटालिटी क्षेत्रमा कार्यरत छन् ।
दूतावासले शिविर सफल पार्न सहयोग पुर्याएकामा केमन आइल्याण्डमा बसोबास गर्ने नेपालीहरुप्रति आभार प्रकट गरेको छ ।
उता, दूतावासले ३० अप्रिल बुधबार आयरल्याण्डमा पनि घुम्ती शिविर गर्ने तयारी गरेको छ । गैर आवासीय नेपाली संघ आयरल्याण्डको सहकार्यमा उक्त शिविर हुन लागेको हो ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस

बेलायतको पृथक नेपाली संस्था जसको प्राथमिकता छ पुस्तान्तरण, च्यारिटी र वेलबिइङ (भिडियो)
- १
- २
- ३
- ४
- ५