बुधबार, वैशाख ३, २०८२
06:40 | ११:२५

विनय अधिकारीले नयां वर्षमा ल्याए मर्मस्पर्शी गीत ‘आमा जेलैमा’ (भिडियो)

नेपाली लिङ्क अप्रिल १४, २०२५

लन्डन । लन्डनका युवा व्यवसायी तथा एनआरएनए अभियन्ता विनय अधिकारीको मर्मस्पर्शी गीत ‘आमा जेलैमा’ सार्वजनिक भएको छ ।

अधिकारीले नयां वर्षकै दिन वैशाख १ गते आफ्नो युट्युब च्यानलमार्फत उक्त गीत सार्वजनिक गरेका हुन् ।

जन्म दिने आमाले आफ्नो सन्तान हुर्काउन कतिसम्म दुःख कष्ट झेल्छिन् तर पर्दा सन्तान साथमा हुंदैनन् भन्ने कथावस्तुमा आधारित छ गीत ।

‘आमा भन्दा ठूलो संसारमा कोही छैन् र पैसाले सबै चीज किन्न पाइएपनि आमा पाइन्न भन्ने भाव गीतमा छ’, अधिकारी भन्छन्, ‘छोराछोरी हुर्केर सात समुद्रपार पुग्छन् तर आमा त्यही माटोमा वेदनाको भारी बोकेर बांचिरहेकी हुन्छिन् भन्ने सन्देश दिन खोजिएको छ ।’

आमा जेलैमा लोकप्रिय गायक खेम सेन्चुरी र लोकप्रिय गायिका देवी घर्तीले आवाज दिएका छन् । उक्त गीतमा कृष्ण लामिछानेको संगीत र म्यूजिक भिडियो निर्देशन लामिछानेकै छ ।

विनय अधिकारी र कृष्ण लामिछानेको मार्मिक शब्दमा तयार पारिएको गीतको म्यूजिक भिडियोमा अधिकारीसहित सुस्मिता चौलागाँई र रश्मी भट्टको सशक्त अभिनय छ ।

यसअघि अधिकारीको ‘यूके बस्ने माया’, ‘दुनियानै लठ्ठ छ’ ‘इन्द्र महाराज’, ‘तिम्लाई पिआर, मलाई देश चाहिएको’ लगायत आधा दर्जन गीतले दर्शक मन जितिसकेको छ ।

ग्लोवल गोर्खा समाजका पूर्व अध्यक्ष तथा वर्तमान संरक्षक अधिकारीले गोरखामा जन्मिएर काठमाडौँ र लण्डनलाई कर्मथलो बनाउँदै आएका छन् । उनी शैक्षिक परामर्शदाता पनि हुन्।

भिडियोः

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू