दारी ग्याङ यूकेले प्रेस्टनमा मनायो नयां वर्ष


लन्डन । दारी ग्याङ यूकेले बेलायतको प्रेस्टनमा एक कार्यक्रमबीच नयां वर्षलाई स्वागत गरेको छ । आइतबार प्रेस्टनस्थित डेट्रोइट क्लवमा कार्यक्रम भएको हो ।
विदेशी भूमिमा रहेर पनि मौलिक नेपाली परम्परा, संस्कृति र पहिचान जगेर्ना गर्ने एउटा महत्वपूर्ण प्रयासको रुपमा कार्यक्रम गरिएको आयोजकले बताएका छन् ।
‘कार्यक्रमले विदेशमा हामी सबै अध्ययन र रोजगारीका कारण व्यस्त जीवन बिताइरहँदा केही समय साथीभाइसँग भलाकुसारी, शुभकामना आदानप्रदान, गीतसंगीत र नृत्यमार्फत मनोरन्जन दिलाउने अवसर पनि प्रदान गरेको थियो’, आयोजक संस्थाका एक सदस्य सुशील गौतमले बताए ।
उक्त कार्यक्रममा आयोजकले च्यारिटी (परोपकार) कार्यका लागि केही रकम समेत संकलन गरे । सहभागीबाट संकलित २१० पाउण्ड (करिब ३७ हजार रुपैयाँ) ललितपुरस्थित तुलसालय आश्रममा खाद्य सामग्री वितरण गर्ने योजना बनाइएको दारी ग्याङ यूकेले जनाएको छ । आयोजकले कार्यक्रम सफल बनाउन प्रत्यक्ष परोक्ष रूपमा साथ, सहयोग र समर्थन गर्ने सबैप्रति आभार व्यक्त गरेको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस

बेलायतको पृथक नेपाली संस्था जसको प्राथमिकता छ पुस्तान्तरण, च्यारिटी र वेलबिइङ (भिडियो)
- १
- २
- ३
- ४
- ५