मंगलबार, वैशाख २, २०८२
18:53 | २३:३८

एनआरएनए एकता अधिवेशनमा सहभागिताका लागि अध्यक्ष उम्मेदवार थर्क सेनको अपील

नेपाली लिङ्क अप्रिल १४, २०२५

एनआरएनए आइसीसी उपाध्यक्ष एवं अध्यक्ष उम्मेदवार थर्क सेन

लन्डन- एनआरएनए आइसीसी उपाध्यक्ष एवं अध्यक्ष उम्मेदवार थर्क सेनले एकता अधिवेशनमा सहभागी बन्न आम सदस्यहरुलाई आव्हान गरेका छन्।

नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना दिंदै उनले मे पहिलो साता काठमाडौंमा तय एकता अधिवेशनमा भाग लिएर सफल बनाउन अपील गरेका हुन्।

एनआरएनए उच्चस्तरीय समितिको आव्हानमा सदस्यता लिनेहरुलाई यही अप्रिल २२ भित्र निर्धारित मितिमा डेलिगेटका रुपमा नाम दर्ता गर्न उनले आग्रह गरेका छन्।

‘एनआरएनएको गौरवपूर्ण इतिहास छ। धेरै अग्रजहरुको ठूलो योगदानका बाबजुद केही व्यक्तिहरुको महत्वाकांक्षाका कारण संस्था गम्भीर मोडमा पुगेको छ, अन्योलमा छ’, सेनले भनेका छन्, ‘सर्वोच्च अदालतको मार्गदर्शनमा हुन लागेको एकता अधिवेशनले संस्थाको विरासत जोगाउने ऐतिहासिक अवसर दिएको छ।’

एनआरएनएको मर्मअनुसार संस्थालाई पुन: एकताबद्ध र प्रवासका सबै नेपालीको वास्तविक अभिभावक बनाउने प्रणसहित आफूले अध्यक्षको उम्मेदवारी घोषणा गरेको सेनले बताएका छन्।

‘एकपटकको नेपाली सधैको नेपाली’ र ‘नेपाल र नेपाली पहिलो’ नारासहित मैदानमा आएका उनले यी नारालाई सार्थक पार्ने गरी काम गर्न सक्ने नेतृत्व आफूले दिने अठोट व्यक्त गरेका छन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू