विश्वभरका नेपाली बटुलेर नयाँ वर्ष शुभकामना बांड्ने तयारी


लन्डन – जय नेपाल इन्टरन्याशनल फाउण्डेसनले नयाँ वर्षको अवसरमा विश्वभरका नेपालीमाझ शुभकामना बांड्ने तयारी गरेको छ ।
जय नेपाल इन्टरनेशनल फाउन्डेसनको ग्लोबल युथ नेटवर्कले भर्चुअल माध्यमबाट नयाँ वर्ष २०८२ को स्वागतसंगै शुभकामना आदानप्रदान गर्ने कार्यक्रम राखेको हो ।
अप्रिल १२, २०२५ मा भर्चुअल माध्यमबाट शुभकामना आदानप्रदान गरिने फाउण्डेसनका प्रवक्ता लाल प्रसाद काफ्लेले बताए । उनका अनुसार नेपाली काँग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाको प्रमुख आतिथ्यमा कार्यक्रम गर्न लागिएको हो । डा. कोइरालासहित नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री एनपी साउद र काँग्रेसका गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले विशिष्ट अतिथिको रुपमा सम्बोधन गर्नेछन् ।
उक्त कार्यक्रमका माध्यमबाट संसारभरिका नेपालीहरुलाई एकत्रित बनाउन खोजिएको जय नेपाल इन्टरनेशनल फाउन्डेसन ग्लोबल युथ नेटवर्कका अध्यक्ष मदनराज पौडेलले बताए ।
मानवअधिकार, वाक स्वतन्त्रता तथा प्रजातान्त्रिक मूल्य मान्यतामा विश्वास राख्नेहरूको नेटवर्कमार्फत आफू रहेको समुदाय र नेपालको विकासमा समेत सहभागिता बढाउने उद्देश्यले फाउन्डेसन स्थापना गरिएको हो ।
फाउण्डेसनले विश्वभरिका युवाहरूको सञ्जाल ‘ग्लोबल युथ नेटवर्क ’, महिलाहरूको ‘ग्लोबल विमन नेटवर्क,’ सञ्चारकर्मीहरूको ‘ग्लोबल मिडिया नेटवर्क,’ विज्ञहरूको ‘ग्लोबल नलेज नेटवर्क ’ र खेलाडीहरूको ‘ग्लोबल स्पोर्ट नेटवर्क ’ मार्फत विभिन्न कार्यक्रम गर्दै आएको छ ।
फाउण्डेसनका अमेरिका र अन्य देशमा गरेर ३८ च्याप्टर घोषणा भइसकेका छन् । अध्यक्ष डा. यादव पण्डितले देश विदेशमा रहेका नेपालीहरूबीच शुभकामना आदानप्रदान गर्ने उद्देश्यले वेबिनार राखिएको भन्दै सबैलाई जोडिन अनुरोध गरेका छन् ।
कार्यक्रममा जोडिन जुम लिंक/समय:
जुम आइडी– ९८८ २८७० ६६५६
कोड– २०२५
नेपाली समय–चैत्र ३०, २०८१ शनिवार साँझ ०६ः०० बजे
न्यूयोर्क समय– अप्रिल १२, २०२५ बिहान ०८ः१५ बजे
टेक्सस समय – अप्रिल १२, २०२५ बिहान ०७ः१५ बजे
क्यालिफोर्निया समय– अप्रिल १२, २०२५ बिहान ०५ः१५ बजे
बेलायत समय- अप्रिल १२, २०२५ दिउसो ०१ः१५ बजे
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस

बेलायतको पृथक नेपाली संस्था जसको प्राथमिकता छ पुस्तान्तरण, च्यारिटी र वेलबिइङ (भिडियो)
- १
- २
- ३
- ४
- ५