डोमिनिकन रिपब्लिक नाइट क्लबको छत भत्किँदा मारिने २ सय १८ पुगे



तस्विर एपी
सान्तो डोमिङ्गो, डोमिनिकन रिपब्लिक), चैत २८ गते । डोमेनिकन रिपब्लिकमा गायक रुबी पेरेजको जेट सेट नाइटक्लबमा भएको कन्सर्टको समयमा उक्त क्लबको छत भत्किएर मृत्यु हुनेको सङ्ख्या २१८ पुगेको छ ।
प्रख्यात डोमिनिकन मेरेन्गु गायक पेरेजले मञ्चमा गाइरहेको अवस्थामा मङ्गलबार मध्यरातमा छत भत्किँदा परेजका प्रबन्धकसमेतको मृत्यु भएको थियो ।
यसअघि बुधबार दिइएको जानकारीमा करिब १०० जनाको मृत्यु भएको जनाइएको थियो । उक्त घटनापछि कार्यक्रमस्थलमा फसेका कम्तीमा २०० जनाको उद्धार गरिएको थियो भने दर्जनौँ मानिस घटनापछि आँफै सुरक्षित स्थलमा भाग्न सफल भएका थिए ।
स्थानीय मिडियाका अनुसार दुर्घटना हुँदा क्लबमा पाँच सयदेखि एक हजार मानिस थिए । मृतकमध्ये ५१ वर्षीय सेवानिवृत्त मेजर लिग बेसबल पिचर अक्टाभियो डोटेल पनि रहेको जनाइएको छ । उनले सन् २०११ मा सेन्ट लुइस कार्डिनल्ससँग विश्व शृङ्खला जितेका थिए । पेरेजकी छोरी जुलिन्काले छाना भत्किएपछि भाग्न सफल भएको पत्रकारलाई बताइन् ।
राष्ट्रपति लुइस अबिनाडरकाले घटनास्थलको भ्रमण गरेपछि तीन दिनको राष्ट्रिय शोक घोषणा गरेका छन् । उनका अनुसार मृतकमा मोन्टे क्रिस्टी नगरपालिकाका गभर्नर नेलसी क्रुज पनि छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस

बेलायतको पृथक नेपाली संस्था जसको प्राथमिकता छ पुस्तान्तरण, च्यारिटी र वेलबिइङ (भिडियो)
- १
- २
- ३
- ४
- ५