सोमबार, वैशाख १, २०८२
04:56 | ०९:४१

बेलायती प्रतिबन्धविरुद्ध हमासको अपिल

रासस-एएफपी अप्रिल १०, २०२५

लण्डन- बेलायतका वकिलहरूको एक समूहले प्यालेस्टिनी लडाकू समूह हमासमाथिको प्रतिबन्ध फुकुवा गर्न बेलायत सरकारसँग हमासले माग गरेको जनाएको छ ।

प्रतिबन्धले बेलायतको मानव अधिकार प्रतिबद्धताको उल्लङ्घन गरेको तर्कसहित लडाकूहरूले ‘स्वतन्त्रता, क्षेत्रीय अखण्डता, राष्ट्रिय एकता र मुक्तिका लागि प्यालेस्टिनी जनताको सङ्घर्षको वैधता’ मा जोड दिएको अपिलमा जनाइएको छ ।

बेलायतले सन् २००१ मा हमासलाई ‘आतङ्कवादी समूह’ घोषणा गरेको थियो । संयुक्त राज्य अमेरिका र युरोपेली सङ्घले हमासलार्य आतङ्कवादी समूह मान्दछन् ।

सरकारी वेबसाइटका अनुसार सन् २०२१ मा हमासको राजनीतिक दलमाथिपनि प्रतिबन्धलाई विस्तार गरी उक्त समूहलाई ‘जटिल तर एकल आतङ्कवादी सङ्गठन’ मानिएको थियो ।

बेलायतमा प्रतिबन्धित संस्थाप्रति सम्बद्ध हुनु, प्रोत्साहन दिनु र समर्थन जनाउनु लगायत अन्य कार्यहरू फौजदारी अपराध हुन् । बेलायती गृह मन्त्रालयले भने यस विषयमा कुनै टिप्पणी नगरेको जनाएको छ । लण्डनस्थित ‘रिभरवे ल’ नामक कम्पनीले बुधबार बेलायतको गृह मन्त्रालयलाई बुझाएको जानकारी दिएको हो ।

‘सशस्त्र सङ्घर्षलगायत सबै उपलब्ध माध्यमद्वारा विदेशी कब्जाको प्रतिरोध गर्ने वैध र नैतिक अधिकार स्पष्ट रूपमा अन्तर्राष्ट्रिय कानूनमा निहित छ’, विज्ञप्तिमा भनिएको छ ।

सन् २०२३ को अक्टोबर ७ मा गाजा पट्टीसँग जोडिएको इजरायलको सीमामा हमासको लडाकुसमूहले आक्रमण गरेको थियो जसमा इजरायलीमा बसोबास गर्ने स्वदेशी तथा विदेशी नागरिक गरी कम्तीमा एक हजार २ सय १८ जनाको मृत्यु भएको थियो ।

त्यसको बदलामा इजरायलले हमासलाई परास्त गर्ने प्रतिबद्धता जनाउँदै सञ्चालन गरेको हवाई तथा स्थल कारबाहीमा युद्ध सुरु भएदेखि अहिलेसम्म ५० हजारभन्दा बढी मानिसको मृत्यु भएको हमासले सञ्चालन गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

‘हमासमाथि प्रतिबन्ध लगाएर बेलायतले प्यालेस्टिनी क्षेत्रमा गरेको आक्रमणमा आफ्नो प्रतिरक्षा गर्ने अधिकारबाट हमासलाई बञ्चित गरिरहेको छ’, अपिलबारे जानकारी गराउँदै समूहले सामाजिक सञ्जाल एक्समा जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

उक्त निवेदनमा हमासको प्रतिबन्ध ‘असमान’ भएको तर्क गरिएको छ किनभने उक्त समूहले बेलायतको राष्ट्रिय सुरक्षामा ‘कुनै खतरा उत्पन्न गर्दैन’ ।

यस निवेदनको विपक्षी राजनीतिज्ञहरूले तीव्र आलोचना गरेका छन्। छायाँ विदेश सचिव प्रीति पटेलले समूहलाई ‘दुष्ट, इरान समर्थित आतङ्कवादी सङ्गठन’ को रूपमा निन्दा गरेकी छन् ।

पटेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हमासको प्रतिवन्ध अन्त्यका लागि अभियान चलाउनेहरूले यस आतङ्कवादी सङ्गठनले निम्त्याएको खतराको गम्भीरता बुझ्न सकेका छैनन् ।’

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू