नाबालिकालाई वेश्यावृत्तिमा लगाउने दुई महिला पक्राउ


बाग्लुङ- जिल्ला प्रहरी कार्यालय बाग्लुङले नाबालिकालाई वेश्यावृत्तिमा लगाएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।
जिप्रका बाग्लुङका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डिएसपी) विजय यादवका अनुसार जिल्लाको ढोरपाटन नगरपालिका वडा नं. १ बुर्तिबाङमा खाजाघर र रेस्टुरेन्टमा ललाई फकाई गरी नाबालिकालाई यौन गतिविधिमा लगाउने दुई जनालाई बुधबार पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा तमानखोला खाजाघर बुर्तिबाङका सञ्चालक तमानखोला गाउँपालिका–१ की ४० वर्षीया सम्झना भन्ने प्रितिमा विक र बसन्त रेस्टुरेन्ट एन्ड सेकुवा कर्नर बुर्तिबाङका सञ्चालक मकवानपुर कैलाश गाउँपालिका–९ की ३७ वर्षीया शान्ती भन्ने खिमकुमारी भोम्जन छन् ।
डिएसपी यादवले परिवर्तित जिल्ला ४५ अन्तर्गत १६ वर्षीय परिवर्तित नामथर ‘०८१-०८२ बाग्लुङ ३०’ लाई ४ वर्षदेखि पालैपालो होटलमा राखी ग्राहकहरू सँगबाट पैसा लिई जबरजस्ती यौन कार्यमा संलग्न गराई धन आर्जन गरेको सूचनाको आधारमा प्रहरीले विक र भोम्जनलाई पक्राउ गरेको बताए ।
उनले २०७७ फागुन १३ गतेदेखि २०८१ माघ २७ गतेसम्म नाबालिकालाई होटलमा वेश्यावृतिमा लगाएको देखिएको जनाए ।
प्रहरीले दुवै होटलको रितपुर्वक तलासी गर्दा यौन व्यवसायमा प्रयोग हुने सामाग्रीहरू बरामद गरेको जनाएको छ ।
डिएसपी यावदले पीडितको बयान र जाहेरी दरखास्त तथा वेश्यावृत्तिमा प्रयोग हुन सक्ने बरामद सबुत प्रमाणका आधारमा बाग्लुङ जिल्ला अदालतबाट मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अन्तर्गत वेश्यावृत्तिमा लगाउन नहुने कसूरमा म्याद थप लिई थप अनुसन्धान भइरहेको बताए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस

बेलायतको पृथक नेपाली संस्था जसको प्राथमिकता छ पुस्तान्तरण, च्यारिटी र वेलबिइङ (भिडियो)
- १
- २
- ३
- ४
- ५