बेलायतको वर्क पर्मिट भिसा लिने ‘हाइली स्किल्ड’ कामदार न्यून


लन्डन- वर्क पर्मिट भिसा लिएर बेलायत आउने विदेशी कामदारहरुमा ‘हाइली स्किल्ड’ जनशक्ति न्यून रहेको तथ्यांकले देखाएको छ।
होम अफिसले जारी गरेको पछिल्लो त्थयांकअनुसार सरकारले सूचीकृत गरेका प्रमुख क्षेत्रमा काम गर्न आउने दक्ष कामदारहरु निकै न्यून पाइएका हुन् ।
उक्त तथ्यांकले गत चार वर्ष अवधिमा बेलायतको वर्क पर्मिट लिने विदेशी कामदारको संख्या ५ लाख ६० हजार रहेको र त्यसमध्ये १ लाख ८१ हजार मात्रै हाइली स्किल्ड जनशक्ति रहेको देखाएको छ । यसअनुसार बेलायतको वर्क पर्मिट लिने विदेशीहरु ३२ प्रतिशत मात्रै सरकारले प्रमुख क्षेत्रका रुपमा सूचीकृत गरेका विभिन्न ८ क्षेत्रमा काम गर्न आउने दक्ष जनशक्ति थिए ।
होम अफिसको तथ्यांकले बेलायतलाई आवश्यक पर्ने दक्ष जनशक्तिको निकै सानो अंश मात्रै पूर्ति भएको देखाउँछ ।
उदाहरणको लागि यूके लाइफ साइन्सका क्षेत्रमा काम गर्न पछिल्लो चार वर्षमा बेलायत आउने विदेशीरुको संख्या जम्मा १६ हजार छ । तर यो क्षेत्रको आवश्यकता पूर्तिका लागि लागि अझै १ लाख ३३ हजार कामदार नियुक्त गर्नुपर्नेछ ।
बेलायतमा फाइनान्सिल सेवा, डिफेन्स, उन्नत उत्पादन, सिर्जनशिल उद्योग, डिजिटल तथा प्रविधि, क्लिन इनर्जीलगायतका क्षेत्रमा दक्ष कामदार अभाव रहेको तथ्यांकले देखाएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस

बेलायतको पृथक नेपाली संस्था जसको प्राथमिकता छ पुस्तान्तरण, च्यारिटी र वेलबिइङ (भिडियो)
- १
- २
- ३
- ४
- ५