सोमबार, चैत २४, २०८१
08:01 | १२:४६

राष्ट्रपतिले गरे सेतो मच्छिन्द्रनाथको पूजा आराधना

रासस अप्रिल ६, २०२५

राष्ट्रपति रामचन्द्र पौडेल सेतो मच्छिन्द्रनाथको पूजा, आराधना एवम् दर्शन गर्दै । तस्बिर-रासस

काठमाडौं, चैत २४ गते । राष्ट्रपति रामचन्द्र पौडेलले सेतो मच्छिन्द्रनाथको पूजा, आराधना एवम् दर्शन गरेका छन् । चैत शुक्ल अष्टमीका अवसरमा शनिबार बेलुकी सेतो मच्छेन्द्रनाथको रथ तानेर असन पुगेपछि मध्यराति राष्ट्राध्यक्षले पूजा, आराधना एवम् दर्शन गर्ने परम्परा रहिआएको छ । सोही परम्पराअनुसार राष्ट्रपति पौडेलले गएराति असन पुगेर सेतो मच्छेन्द्रनाथको पूजा, आराधना एवम् दर्शन गरेका हुन् ।

शनिबारदेखि सुरु भएको मच्छिन्द्रनाथको रथयात्रा मच्छिन्द्रबहालबाट तीनधारा पाठशाला, जमल, रत्नपार्क, भोटाहिटी हुँदै असन पुरयाइएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू